बंगलादेशले पहिलोपटक टी–२० क्रिकेटमा भारतलाई हरायो « Khabarhub

बंगलादेशले पहिलोपटक टी–२० क्रिकेटमा भारतलाई हरायो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मुसाफिर रहीको शानदार प्रदर्शपछि बंगलादेशी क्रिकेट टीमले सिरिजको पहिलो टी २० प्रतिस्पर्धामा भारतीय टीममाथि सहज जीत दर्ता गरेको छ ।

बंगलादेशले पहिलो पटक कुनै टी–२० खेलमा भारतीय टीमलाई हराएको हो ।

आइतवार भारतको राजधानी दिल्लीमा खेलिएको खेलमा भारतीय खेलाडीको प्रदर्शन निरासाजनक रह्यो ।

भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे ।

कप्तान महमदउल्लाह १५ रनमा अविजित रहे । भारतका दिपक चाहर, खलिल अहमेद र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए । श्रेयर एयरले २२ रन बनाउँदा लोकेश राहुलले १५ रन बनाए ।

यस्तै कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा कुर्नाल पाण्डयले अविजित १५ रन जोडे ।

बंगलादेशका एमिन्युल इस्लाम र सैफुल इस्लामले २र२ विकेट लिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : २४ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी