अमेरिकाले टीपीएस सुविधाको समय थप्यो, नेपालीलाई पनि फाइदा | Khabarhub Khabarhub

अमेरिकाले टीपीएस सुविधाको समय थप्यो, नेपालीलाई पनि फाइदा


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २०७२ वैशाख १२ को भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधाको समय १० महिना थपिएको छ ।

अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजातसम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिखसम्म कायम रहने भएको छ ।

सन् २०१५ को शक्तिशाली भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले टीपीएस सुविधा उपलब्ध गराएको थियो ।

अमेरिकी सरकारले नेपाललगायत अन्य ६ मुलुकलाई प्रदान गरेको टीपीएस थपिएको हो । जसमा नेपालसहित एल सालभाडोर, हाइटी, होन्डुरस, निकारागुवा र सुडान रहेका छन् । यसअघि सन् २०२० को मार्च २४ तारिखसम्म यस्तो सुविधा पाएको थियो।

सुविधा थपिएसँगै यस्तो स्टाटसमा रहेका नेपालीले सन् २०२१ जनवरीसम्म काम गर्ने कागजात, वर्क परमिट र नेपाल जानआउन पाउने पत्र, ट्राभल डकुमेन्ट प्राप्त गर्नेछन्। यस्तो सुविधा लिने नेपालीको संख्या अमेरिका करिब ९ हजार हाराहारी रहेको जनाइएको छ।

अमरिकी सरकारले एक सूचना जारी गर्दै टीपीएस सुविधा एकपटक लिएका र पुनः लिन चाहनेहरूका लागि अवसर रहेको उल्लेख गरेको छ। सरकारले एकपटक सुविधा लिएका र बीचमा निवेदन दिन छुटेकाका लागि पुनः निवेदन दिन सक्ने उल्लेख गरेको छ।

त्यसका लागि सन् २०१५ मा टीपीएस लिएको हुनुपर्ने र बीचमा पुनः दर्ता नर्गनुको कारणसहित पुनः निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ०७ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन