वडाध्यक्षको उम्मेदवार छान्न कांग्रेस र नेकपालाई सकस « Khabarhub

वडाध्यक्षको उम्मेदवार छान्न कांग्रेस र नेकपालाई सकस


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र कांग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेको छैनन् ।

नेकपाका जिल्लाध्यक्ष रुकु चौलागाईले यसबारे पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता गम्भीर छलफलमा जुटेकाले यो हप्तासम्ममा वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाइने बताए । “निर्वाचित हुने पक्का भएको स्थानमा उम्मेदवार छान्न सकस नै हुन्छ”, उनले भने ।

नेकपाका चार जनाले वडाध्यक्षको उम्मेदवारीमा दावी गर्दै आएको अध्यक्ष चौलागाईले बताए । हालसम्म नेकपा स्थानीय तह नगर र गाउँ कमिटी गठन नहुँदा जिल्ला कमिटी नेतृत्वले नै वडाध्यक्षको उम्मेदवार छान्न छलफल चलाउँदै आएको हो । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा १६५ वडा छन् ।

तत्कालीन निर्वाचित वडाध्यक्ष राजन कोइरालाको उपचारका क्रममा २०७४ भदौ १० गते मृत्यु भएको थियो । निर्वाचित भएको तीन महिनापछि अर्थात् विंसं २०७४ भदौ ४ गते साँझ घर नजिकै अज्ञात समूहको आक्रमणबाट टाउको र छातीमा गम्भीर चोट लागि अचेत भई लडिरहेको अवस्थामा भेटिएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको थियो ।

प्रमुख प्रतिद्वन्द्वीका रुपमा नेपाली कांग्रेसबाट गत निर्वाचनमा वडाध्यक्षमा पराजित बलराम कोइरालालगायत तीन जनाले वडाध्यक्ष उम्मेदवार आकांक्षी देखाएपछि कांग्रेसको धुलिखेल नपा–२ वडा समितिले क्षेत्रीय समिति हुँदै जिल्ला समितिलाई सिफारिस गरेको छ । “वडाध्यक्षको उम्मेदवारबारे अब जिल्ला कार्य समितिले चयन गर्नेछ”, कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति महेश खरेलले भने ।

निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनका उम्मेदवारका लागि कात्तिक २७ गते र २९ गते अन्तिम नामावली प्रकाशन तथा आउँदो मङ्सिर १४ गते मतदानको कार्यतालिका तय गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ५३ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित