नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी– यी हुन् चर्चामा रहेका नाम « Khabarhub

नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी– यी हुन् चर्चामा रहेका नाम


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिदिएपछि अहिले नयाँ प्रदेश प्रमुखको चर्चा शुरु भएको छ ।

अबको केही दिनमै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने गरी सरकारले तयारी शुरु गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरुको नाम भावी प्रदेश प्रमुखका लागि चर्चामा आएको छ ।

नेकपाका १ नेताका अनुसार प्रदेश २ मा सत्तासाझेदार दल समाजवादी पार्टी नेपाललाई दिएर बाँकी ६ प्रदेशमा नेकपासमर्थित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने गरी तयारी भइरहेको छ ।

‘प्रदेश २ मा समाजवादी पार्टीलाई छाड्ने कि भन्ने पनि छलफल भइरहेको छ । यद्यपि यस विषयमा नेतृत्वले यही नै हुन्छ भनिसकेको अवस्था छैन,’ खबरहबको सम्पर्कमा आएका नेकपाका एक नेताले भने ।

तर, २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका नेताहरुले भने प्रदेश २ को प्रमुख कुनै पनि हालतमा छाड्न नहुने भनेर नेतृत्वको ध्यानाकर्षण गराएका जनाइएको छ ।

प्रदेश नम्बर २ को प्रमुखकका लागि नेकपा नेता रामचन्द्र झाको चर्चा छ ।

यस्तै, नयाँ प्रदेश प्रमुखका लागि नेकपाकी २ जना नेतृ उर्मिला अर्याल र शर्मिला त्रिपाठीको नाम पनि चर्चामा छ ।

भावी प्रदेश प्रमुखका लागि प्रदीप नेपाल र अमिक शेरचनको नाम पनि चर्चामा छ । यसअघि नेपाल र शेरचनको नाम राष्ट्रपतिका लागि पनि चर्चामा थियो ।

भावी प्रदेश प्रमुखका लागि सोमनाथ प्यासी, अमृत बोहरा, केशव बडाल, धर्मनाथ यादव, गणेशमान गुरुङ, तिलक परियार, गुरु बराल, गोविन्द भट्ट, खेमराज भट्ट (मायालु), उर्वादत्त पन्त, अशोक श्रेष्ठ लगायतको नाम चर्चामा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ३६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको