नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी– यी हुन् चर्चामा रहेका नाम « Khabarhub

नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी– यी हुन् चर्चामा रहेका नाम


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिदिएपछि अहिले नयाँ प्रदेश प्रमुखको चर्चा शुरु भएको छ ।

अबको केही दिनमै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने गरी सरकारले तयारी शुरु गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरुको नाम भावी प्रदेश प्रमुखका लागि चर्चामा आएको छ ।

नेकपाका १ नेताका अनुसार प्रदेश २ मा सत्तासाझेदार दल समाजवादी पार्टी नेपाललाई दिएर बाँकी ६ प्रदेशमा नेकपासमर्थित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने गरी तयारी भइरहेको छ ।

‘प्रदेश २ मा समाजवादी पार्टीलाई छाड्ने कि भन्ने पनि छलफल भइरहेको छ । यद्यपि यस विषयमा नेतृत्वले यही नै हुन्छ भनिसकेको अवस्था छैन,’ खबरहबको सम्पर्कमा आएका नेकपाका एक नेताले भने ।

तर, २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका नेताहरुले भने प्रदेश २ को प्रमुख कुनै पनि हालतमा छाड्न नहुने भनेर नेतृत्वको ध्यानाकर्षण गराएका जनाइएको छ ।

प्रदेश नम्बर २ को प्रमुखकका लागि नेकपा नेता रामचन्द्र झाको चर्चा छ ।

यस्तै, नयाँ प्रदेश प्रमुखका लागि नेकपाकी २ जना नेतृ उर्मिला अर्याल र शर्मिला त्रिपाठीको नाम पनि चर्चामा छ ।

भावी प्रदेश प्रमुखका लागि प्रदीप नेपाल र अमिक शेरचनको नाम पनि चर्चामा छ । यसअघि नेपाल र शेरचनको नाम राष्ट्रपतिका लागि पनि चर्चामा थियो ।

भावी प्रदेश प्रमुखका लागि सोमनाथ प्यासी, अमृत बोहरा, केशव बडाल, धर्मनाथ यादव, गणेशमान गुरुङ, तिलक परियार, गुरु बराल, गोविन्द भट्ट, खेमराज भट्ट (मायालु), उर्वादत्त पन्त, अशोक श्रेष्ठ लगायतको नाम चर्चामा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ३६ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त