महरामाथिको थुनछेक बहस– सोमबार २९ जना कानून व्यवसायीले बहस गर्दै « Khabarhub

महरामाथिको थुनछेक बहस– सोमबार २९ जना कानून व्यवसायीले बहस गर्दै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथि दोस्रो दिनको थुनछेक बहस शुरु भएको छ ।

आइतबारदेखि बहस शुरु भएकोमा महराको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुको संख्या धेरै भएका कारण मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार करिब ३३ जना कानून व्यवसायीले प्रतिवादी (महरा)को पक्षबाट बहस गर्न वकालतनामा दर्ता गराएका छन् ।

जसमध्येका ४ जनाले आइतबार नै बहस गरिसकेका कार्कीले जनाए ।

‘आइतबार ४ जनाको तर्फबाट १ जनाले बहस गर्नुभयो,’ कार्कीले भने, ‘वकलतनमा लेखाउनुभएकोमध्ये अझै २९ जनाजतिले बहस गर्नुपर्ने बाँकी छ ।’

वकालतनामा दर्ता गराएका सबै जनाले बहस गरे सोमबार पनि थुनछेक आदेश हुने सम्भावना कम रहेको कार्कीले बताए ।

‘वकालतनामा लेखाउनुभएका सबैले बहस गर्नुभएमा आज (सोमबार) पनि बहस सकिने सम्भावना कम छ,’ कार्कीले भने ।

संघीय संसद सचिवालयकी महिला कर्मचारीले महरामाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन् ।

महिलोको ‘उजुरी’पछि झन्डै १ महिना लगाएर प्रहरीले महराविरुद्ध अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको थियो ।

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष कैद र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ५० बजे

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज