महरा प्रकरण– पीडित महिला पनि अदालतमा उपस्थित | Khabarhub Khabarhub

महरा प्रकरण– पीडित महिला पनि अदालतमा उपस्थित


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्ण बहादुर महरामाथि बलात्कार आरोप लगाउने ‘पीडित महिला’ पनि अदालतमा उपस्थित भएकी छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

प्रहरीले उनकै ‘उजुरी’का आधारमा महरामाथि अनुसन्धान अगाडि बढाएको थियो ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अहिले काठमाडौं जिल्ला अदालतमा महरामाथि थुनछेक बहस चलिरहेको छ ।

थुनछेक बहसकै क्रममा महरा पक्षका कानून व्यवसायीहरुले पीडितलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने जिकिर गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका