राजेश हमालदेखि प्रकाश सपूतसम्म ‘सप्तरंग २’ लिएर सातै प्रदेश घुम्ने « Khabarhub

राजेश हमालदेखि प्रकाश सपूतसम्म ‘सप्तरंग २’ लिएर सातै प्रदेश घुम्ने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन प्रवर्धन गर्ने उद्देश्यले देशका सातै प्रदेशमा सांस्कृतिक कार्यक्रम ‘सप्तरंग २’ को आयोजना हुने भएको छ । आउँदो बुधबारदेखि विरगञ्जबाट कार्यक्रम शुरु भई म‌ंसिर ४ मा समापन हुने आयोजकले जनाएको छ ।

राजधानीमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी दिइयो ।

नेपाल सरकारको अभियान ‘पर्यटन वर्ष २०२०’ लाई समेत यस कार्यक्रमले टेवा पुर्‍याउने उद्देश्यले यस्तो खाले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले बताए । उनले सात प्रदेशका सात स्थानमा नि:शुल्क कार्यक्रम गरिने पनि जानकारी दिए ।

तस्वीर– आर्यन बिमली ।

गतवर्ष पहिलो सिजन सफलताका साथ सम्पन्न गरेको गृष्मा बोर्डकास्टिङले दोस्रो शृङ्खलामा अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडलाई चयन गरेको छ ।

आयोजकले सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गर्न यो सांस्कृतिक कार्यक्रमले टेवा पुर्‍याउने लक्ष्य लिएको छ । साथै सातै प्रदेशमा प्रदेशका मुख्यमन्त्रीहरुले कार्यक्रमको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

स्थानीय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य समेत लिइएको यो कार्यक्रम कार्तिक २० गते प्रदेश एक विर्तामोडबाट शुरु हुनेछ भने अन्य प्रदेशअन्तर्गत २२ गते विरगञ्ज, त्यस्तै २४ गते चितवन, २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा हुनेछ ।

तस्वीर – आर्यन बिमली ।

सातै प्रदेशमा सातै कलाकार पुगे पनि आयोजकले हरेक प्रदेशका लागि प्रतिनिधि कलाकारका रुपमा छुट्याएको छ । विर्तामोडमा हुने कार्यक्रममा मेलिना राई प्रतिनिधि कलाकारका रुपमा रहनेछिन् भने जितु नेपालले विरगञ्जमा हुने कार्यक्रममा प्रतिनिधि कलाकारको भूमिका निभाउनेछन् ।

यस्तै सुगम पोखरेल चितवनमा, प्रकाश सपूत नेपालगञ्जमा, राजेश हमाल महेन्द्रनगरमा र रवि ओड पोखरामा प्रतिनिधि कलाकारका रुपमा रहने आयोजकले जनाएको छ । आयोजकले १ लाखभन्दा बढी दर्शकले कार्यक्रम हेर्ने दाबी गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : ३१ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड