केटाका यस्ता स्वभाव र पहिरन केटीहरुलाई फिटिक्कै मन पर्दैन ? « Khabarhub

केटाका यस्ता स्वभाव र पहिरन केटीहरुलाई फिटिक्कै मन पर्दैन ?


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राम्रो देखिने रहर कस्लाई नहोला र ? सबैले आफूलाई अरुको सामुन्ने राम्रो देखिने चाहना राख्दछन् । केही केटाहरु फेसनप्रति निकै सजग तथा चनाखो हुन्छन् भने केहीमा फेसनको ज्ञान हुँदैन ।

यस्तोमा जानेर वा अन्जानमा केहीले यस्तो पहिरन वा स्वभाव देखाउँछन् कि जसले उनीहरुलाई अरुको सामुन्ने लज्जित हुनुपर्दछ ।

अझ कतिपय केटाहरु जानेरै गर्ने पहिरन र फेसनले उनीहरुलाई केटीको अगाडि असहज बनाउने गर्दछ । हामी केहि टिप्सहरु दिदैछौँ । जसको पालना गरे केटीले मन नपराउने केटाको पहिरन र स्वभावका बारेमा जान्न मद्दत गर्नेछ ।

१. केटाहरु आफूलाई हिपप देखाउन उल्टो क्याप लगाउँछन् । तर, उल्टो क्याप लगाउने केटालाई केटीले मन पराउँदैनन् । यसलाई उनीहरु असोभनीय मान्दछन् ।

२. केही दुब्लो शरीर भएका केटाहरु ठूलो कपडा लगाउने गर्दछन् । तर, यसरी ह्वाङ्ग हुने कपडा लगाएको केटीहरुलाई मन पर्दैन । खासमा यो सुहाउँदो पनि हुँदैन ।

३. लामो दारी पाल्ने, दारी जुंगा नमिलाउने, कन्सिरी कानभन्दा लामो राख्ने, नाकको रौं बाहिर देखिने गरी राख्ने, आँखी भौं जोडिएको केटालाई केटीले फिटिक्कै मन पराउँदैनन् ।

४. मोटाएको शरीरमा टाइट लुगा लगाउने वा भुँडीमा टाइट हुने सर्ट वा भेष्ट लगाउने, टाइट पेन्ट लगाउने केटालाई पनि केटीले मन पराउँदैनन् । यस्तो पहिरनमा देखिएका केटालाई भद्दा मान्दछन् केटीहरु ।

५. केही केटाको बानी हुन्छ, बेल्टमा मोबाइल होल्डर राखेर त्यसमा मोबाइल राख्ने यस्ता केटालाई पनि केटीले मन पराउँदैनन् । यस्तो गर्नेलाई केटीहरु बुढो स्वभावको मान्छे मान्दछन् ।

६. लुज पेन्टमा पनि बेल्ट नलगाउने, लामो वा साह्रै सानो टाई लगाउने, जुत्ताको लेस खुकुलो राख्ने, लुज घडी लगाउने केटाहरु केटीको नजरमा खराब मानिन्छन् ।

७. जिममा, दौडदा, खेल्दा वा हिँड्दा लगाउने जुत्ता लगाएर कार्यालय जाने केटालाई पनि केटीहरुले मन पराउँदैनन् । यस्ता केटाहरुमा फेसनको ज्ञान नभएको मान्दछन् केटीहरु ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : १६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा