तारकेश्वर नगरपालिकाकाे लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलत | Khabarhub Khabarhub

तारकेश्वर नगरपालिकाकाे लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ ।

गत आर्थिक वर्ष (२०७५/२०७६) मा रु १२ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा नगरपालिकाले रु १४ करोड ४० लाख असुली गरेको हो । यो लक्ष्यको तुलनामा १६ दशमलव ६६ प्रतिशत बढी हो ।

“नगरपालिकाले करको दायरा बढाएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो”, राजस्व शाखाका प्रमुख ईश्वर अँगाईले बताउनुभयो ।

अघिल्लो आव २०७४÷७५ मा रु १० करोड आन्तरिक राजस्व असुली गरेको नगरपालिकाले आव २०७५÷२०७६ मा रु चार करोड ४० लाख बढी असुली गरेको नगरपालिकाले जनाएको छ । एकीकृत सम्पत्ति कर, मालपोत कर, व्यवसाय दर्ता नवीकरण शुल्क, निवेदन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दस्तुर र नाता प्रमाणित दस्तुरलगायतबाट सो राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ३३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले