तारकेश्वर नगरपालिकाकाे लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलत « Khabarhub

तारकेश्वर नगरपालिकाकाे लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ ।

गत आर्थिक वर्ष (२०७५/२०७६) मा रु १२ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा नगरपालिकाले रु १४ करोड ४० लाख असुली गरेको हो । यो लक्ष्यको तुलनामा १६ दशमलव ६६ प्रतिशत बढी हो ।

“नगरपालिकाले करको दायरा बढाएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो”, राजस्व शाखाका प्रमुख ईश्वर अँगाईले बताउनुभयो ।

अघिल्लो आव २०७४÷७५ मा रु १० करोड आन्तरिक राजस्व असुली गरेको नगरपालिकाले आव २०७५÷२०७६ मा रु चार करोड ४० लाख बढी असुली गरेको नगरपालिकाले जनाएको छ । एकीकृत सम्पत्ति कर, मालपोत कर, व्यवसाय दर्ता नवीकरण शुल्क, निवेदन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दस्तुर र नाता प्रमाणित दस्तुरलगायतबाट सो राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ३३ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा