यौनसम्पर्कबाट सर्न सक्ने चार खतरनाक नयाँ रोग « Khabarhub

यौनसम्पर्कबाट सर्न सक्ने चार खतरनाक नयाँ रोग


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा धेरै नयाँ–नयाँ रोग तथा संक्रमणहरु भित्रिरहेका छन् । जसका कारण धेरै मासिनहरु प्रभावित बन्दै रोगको शिकार हुन पुगेका छन् ।

यस्तै विभिन्न प्रकारका नयाँ रोगहरुमा यौनका माध्यमबाट भित्रने चारवटा नयाँ रोगहरु समेत रहेका छन् । यौनका माध्यमबाट संक्रमण हुने र बिस्तारै यसले रोगको रुप लिने गर्दछ ।

यसरी रोग सार्नेमा ब्याक्टेरीयाहरु रहने गर्दछन् । हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिदैछौँ । जसले मानिसको स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँन सक्छ ।

नाइसेरिया मेनिन्जाइटिस :

नाइसेरिया मेनिन्जाइटिसले दिमाग र मेरुदण्डको हड्डीमा संक्रमण पार्ने गर्दछ । यो ब्याक्टेरिया चिम्पान्जीको नाक र गला हुँदै यौनाङ्गसम्म पुगेको थियो ।

जसलाई युथरल संक्रमण भनिन्छ । नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया मानिसको घाँटी वा नाकको बाटो हुँदै शरिरभित्र प्रवेश गर्ने र एक व्यक्तिबाट अर्काे व्यक्तिमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ ।

माइकोप्लाजमा जेनिटेलियम :

संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक मानिने माइक्रोप्लाजमा जेनिटेलियम यौनजन्य संक्रमणका लागि खतरनाक बन्दै गएको छ ।

विशेषगरी यो संक्रमण युवा र वयस्कमा तीव्र रुपमा फैलिरहेको छ । यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समय अगावै प्रसव हुने र भ्रूणको मृत्युसम्म हुनसक्छ । यो संक्रमणबाट बच्न कन्डमको प्रयोग अनिवार्य छ ।

शिगेला फ्लेक्जेनरी :

शिगेला फ्लेक्जेनरीलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरिया मानिसको दिसाको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्दछ ।

यो संक्रमण मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलने गर्दछ । यसको संक्रमणपछि अत्यधिक पेट दुख्ने र झाडापखाला लगायतका समस्याहरु देखापर्ने गर्दछन् ।

लिन्फोंग्रानुलोमा वेनेरेउम :

क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो रोग भयानक मानिन्छ । एलजीवीको संक्रमणका यौनाङ्गमा समस्या हुने गर्दछ ।

यसले मलाशयमा समेत गम्भीर रोग निम्त्याउने गर्दछ । विशेषगरी यो रोग बाइ सेक्सुअल र समलिङ्गीमा हुने देखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ५० बजे

निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौं– सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन

तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल