ब्याण्डबाजा बजाएर साँढे र गाईको बिहे (फोटोफिचर) « Khabarhub

ब्याण्डबाजा बजाएर साँढे र गाईको बिहे (फोटोफिचर)


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुको विवाह बैशाख, जेष्ठ, असार, मंसिर, माघ र फागुन महिनामा हुने गर्दछ । आजकल मानिस बाहेक पानी नपरेको भन्दै भ्यागुताको समेत विवाह गरिएको सुनिन्छ ।

कतिपयले घरपालुवा कुकुरको समेत विवाह गरिदिने गरेका छन् । हिन्दुहरुले धार्मिक आस्थाका कारण वरपिपल र तुलसीको समेत विवाह गर्ने गरिन्छ । तर के तपाईंले गाई र साँढेको विवाह भएको सुन्नु भएको छ ? पक्कै छैन होला । तर छिमेकी मुलुक भारतमा भने साँढे र गाईको धुमधामका साथ विवाह भएको छ ।

भारतको मुरादाबादमा गोपाष्टमीको अवसरमा गंगा नामक गाई र प्रकाश नामक साँढेको पूर्ण रीतिरिवाजका साथ विवाह भएको छ ।

जहाँ दुल्हा साँढे बाजागाजाका साथ ट्याक्टर ट्रलीमा सवार भएर जन्तीसहित विवाहस्थल पुगेको थियो । साँढेको विवाहमा जन्तीहरु भजन किर्तन गर्दै ब्याण्डबाजाका साथ विवाह स्थल पुगेका थिए ।

विवाहस्थलमा बेहुली गाई तर्फका माइतीले जन्तीको भब्य स्वागत गरेका थिए । भारतको कानपुर पधांरी जूना अखाडाको महामण्डलेश्वरद्वारा आयोजित उक्त विवाह समारोहमा पाँच सयबढी मानिसको उपस्थिति थियो । विवाह समारोहमा हिन्दु रीत अनुसार बेहुला साँढे र रातो रंगको विवाहको पहिरनमा सजिएकी गाईबीच विवाह भएको थियो ।

विवाहमा जन्तीका लागि भोजको समेत आयोजना गरिएको थियो । उक्त विवाहको उदेश्य गौ संरक्षणलाई बढावा दिने रहेको विवाहमा सरिक ब्राम्हणहरुले बताएका छन् ।

हेर्नुहोस्, विवाहका केही तस्बिर :

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ०६ बजे

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र