महिनावारीसम्बन्धी सात भ्रम, जो बिल्कुल गलत छन् « Khabarhub

महिनावारीसम्बन्धी सात भ्रम, जो बिल्कुल गलत छन्


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महिनावारी भनेको महिलाको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो महिलाको शरीरमा भएका राग रसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया वा महिला गर्भवती हुन तयार भएको सङ्केत हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ ।

महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी प्रक्रिया महिला औसत ४५ बर्षको उमेर पुगेपछि सकिन्छ । तर धेरै मानिसमा महिनावारीका बिषयमा केही भ्रमहरु रहेका छन् । तर ती भ्रममा कतिको सत्यता छ, त्यो बुझ्न जरुरी हुन्छ ।

१. शरीर कमजोर हुने

महिनावारी हुँदा महिलाको शरीर कमजोर हुन्छ भन्ने मान्यता छ, तर यो कुरा भ्रम मात्र हो । महिनावारी हुँदा वा महिनावारीका बेला शरीरबाट निस्कने रगतको कमीले महिलाको शरीर कमजोर हुँदैन ।

२. महिनावारी हुँदा फोहोरी हुने

महिनावारी हुँदा महिला फोहोरी हुन्छन् भन्नु सबैभन्दा ठूलो भ्रम हो । महिनावारीका बेला श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान झै हुन्छ । यो फोहोर वा दुर्गन्धयुक्त हुँदैन । यसलाई फोहोरी भन्न मिल्दैन ।

३. व्यायाम गर्नु नहुने

महिनावारी भएका महिलाले नियमित शारीरिक ब्यायाम गर्दा फरक पर्दैन । ब्यायाम गर्नु हुँदैन भन्नु भ्रम मात्र हो । तर ब्यायाम गर्दा स्ट्रेचिङ (खुट्टा फराक पारेर गर्ने कसरत) र गहिरो सास लिने कसरत गर्नु हुँदैन ।

४. शारीरिक सम्बन्ध राख्न हुँदैन

महिनावारी हुँदा शारीरिक सम्बन्ध राख्नु महिला र उसको पार्टनरमा भर पर्ने कुरा हो । यदि यसबेला सम्बन्ध राख्दा दुवैले सहजता महसुस गर्छन् भने महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा फरक पर्दैन ।

५. महिनावारी हुँदा हुने पीडा

महिनावारी हुँदा महिलाहरुलाई पीडा हुने गर्दछ । तर यसलाई गम्भीर रुपमा लिनु पर्दैन । यो सामान्य हो । तर अन्य समयको महिनावारी भन्दा अधिक पीडा भयो भने तुरुन्तै स्त्री रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

६. गर्भवती हुने सम्भावना

महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा गर्भवती हुँदैनन् भन्नु भ्रम हो । महिनावारीले महिलाको प्रजनन् प्रणालीलाई रोक्दैन । यस बेलाको सम्बन्धले गर्भवती बनाउन पनि सक्छ । तर यसको सम्भावना केही कम हुन्छ । तर गर्भवती हुँदै हुँदैनन् भन्नु चाहिँ गलत हो ।

७. कपाल ननुहाउने

महिनावारी हुँदा महिलाले कपाल नुहाउनु हुँदैन भन्नु एकदमै गलत हो । महिनावारी हुँदा नियमित सरसफाइमा ध्यान दिनुपर्छ । यसबेला कपाल धुन मात्र होइन कपाल काट्न, स्पा लिन, कलर गर्न वा स्ट्रेट गर्न पनि हुन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ५२ बजे

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ