महिनावारीसम्बन्धी सात भ्रम, जो बिल्कुल गलत छन् « Khabarhub

महिनावारीसम्बन्धी सात भ्रम, जो बिल्कुल गलत छन्


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महिनावारी भनेको महिलाको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो महिलाको शरीरमा भएका राग रसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया वा महिला गर्भवती हुन तयार भएको सङ्केत हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ ।

महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी प्रक्रिया महिला औसत ४५ बर्षको उमेर पुगेपछि सकिन्छ । तर धेरै मानिसमा महिनावारीका बिषयमा केही भ्रमहरु रहेका छन् । तर ती भ्रममा कतिको सत्यता छ, त्यो बुझ्न जरुरी हुन्छ ।

१. शरीर कमजोर हुने

महिनावारी हुँदा महिलाको शरीर कमजोर हुन्छ भन्ने मान्यता छ, तर यो कुरा भ्रम मात्र हो । महिनावारी हुँदा वा महिनावारीका बेला शरीरबाट निस्कने रगतको कमीले महिलाको शरीर कमजोर हुँदैन ।

२. महिनावारी हुँदा फोहोरी हुने

महिनावारी हुँदा महिला फोहोरी हुन्छन् भन्नु सबैभन्दा ठूलो भ्रम हो । महिनावारीका बेला श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान झै हुन्छ । यो फोहोर वा दुर्गन्धयुक्त हुँदैन । यसलाई फोहोरी भन्न मिल्दैन ।

३. व्यायाम गर्नु नहुने

महिनावारी भएका महिलाले नियमित शारीरिक ब्यायाम गर्दा फरक पर्दैन । ब्यायाम गर्नु हुँदैन भन्नु भ्रम मात्र हो । तर ब्यायाम गर्दा स्ट्रेचिङ (खुट्टा फराक पारेर गर्ने कसरत) र गहिरो सास लिने कसरत गर्नु हुँदैन ।

४. शारीरिक सम्बन्ध राख्न हुँदैन

महिनावारी हुँदा शारीरिक सम्बन्ध राख्नु महिला र उसको पार्टनरमा भर पर्ने कुरा हो । यदि यसबेला सम्बन्ध राख्दा दुवैले सहजता महसुस गर्छन् भने महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा फरक पर्दैन ।

५. महिनावारी हुँदा हुने पीडा

महिनावारी हुँदा महिलाहरुलाई पीडा हुने गर्दछ । तर यसलाई गम्भीर रुपमा लिनु पर्दैन । यो सामान्य हो । तर अन्य समयको महिनावारी भन्दा अधिक पीडा भयो भने तुरुन्तै स्त्री रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

६. गर्भवती हुने सम्भावना

महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा गर्भवती हुँदैनन् भन्नु भ्रम हो । महिनावारीले महिलाको प्रजनन् प्रणालीलाई रोक्दैन । यस बेलाको सम्बन्धले गर्भवती बनाउन पनि सक्छ । तर यसको सम्भावना केही कम हुन्छ । तर गर्भवती हुँदै हुँदैनन् भन्नु चाहिँ गलत हो ।

७. कपाल ननुहाउने

महिनावारी हुँदा महिलाले कपाल नुहाउनु हुँदैन भन्नु एकदमै गलत हो । महिनावारी हुँदा नियमित सरसफाइमा ध्यान दिनुपर्छ । यसबेला कपाल धुन मात्र होइन कपाल काट्न, स्पा लिन, कलर गर्न वा स्ट्रेट गर्न पनि हुन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ५२ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न