महाशिवरात्रि : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ? | Khabarhub Khabarhub

महाशिवरात्रि : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि व्यवस्थापन पूरा भएको जनाएको छ ।

शिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेख खुल्लेका छन् । भक्तजनले आफूलाई पायक पर्ने ठाउँबाट प्रवेश गर्न सक्नेछन् । चावहिलबाट मित्रपार्क र गौरीघाट हुँदै प्रवेश गर्ने भक्तजनका लागि उत्तर ढोकाको व्यवस्था गरिएको छ । त्यस्तै जयबागेश्वरीबाट प्रवेश गर्नेहरुका लागि पश्चिम ढोकाको व्यवस्था गरिएको छ ।

साथै एयरपोर्ट–गौशला–पिंगलास्थान हुँदै सुमारी भवन उमाकाण्ड तर्फबाट आउने भक्तजनका लागि दक्षिण ढोकाबाट प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।  गतवर्ष झैँ यसवर्षपनि १० लाखको हाराहारीमा भक्तजन आउने र ४ हजारको संख्यामा साधुहरु आएको अनुमान विकास कोषले गरेको छ ।

विहानैबाट श्रद्धालु भक्तजनकाे घुइँचाे  लागेकाे छ । यस वर्ष पनि विगतका वर्षहरू झैं भारत, इन्डोनोसिया, मलेसिया, ब्रम्हालगायत क्षेत्रबाट धर्मालम्वीहरु आएका छन् ।

सेवाप्रदायक संस्थाहरु (फलफुल, पानी लगायत विभिन्न खानेकुरा) का लागि भने पार्किङका लागि विशेष स्थान तोकिएको अधिकारीले बताए । उनले भने, ‘उनीहरुका लागि सिफल, गुहेश्वरी, महानगरीय प्रहरी वृत्त गौशला इत्यादि स्थानमा पार्किङ गर्ने सुविधा छ ।’

स्वास्थ्य शिविर

दर्शन गर्न आएका भक्तजनका लागि भन्दै विकास कोषले प्रत्येक वर्ष स्वास्थ्य शिविरको व्यवस्था गर्दै आएको छ । भक्तजनहरु शिवको दर्शनका लागि मन्दिर आउँदा निकै घुँइचो हुने हुँदा हजारौँको संख्यामा स्वयमसेवकहरुको पनि व्यवस्था पनि छ ।

साथै लाइनमा बसेका बिरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ । लामो समय लाइन बसेका भक्तजनहरु शारीरिक रुपमा अशक्त, स्वास्थ्य अवस्था कमजोर र रिगँटा लागेर ढल्ने जस्ता समस्या देखिने हुँदा तुरुन्त चेकजाँचका लागि आकस्मिक उपचारका लागि यो व्यवस्था राखिएको हो ।

सवारी रोक लगाइएका स्थानहरुः
शिवरात्रीका दिन ट्राफिक महाशाखाले १० रुटमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : ०३ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही