महाशिवरात्रि : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ? « Khabarhub

महाशिवरात्रि : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि व्यवस्थापन पूरा भएको जनाएको छ ।

शिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेख खुल्लेका छन् । भक्तजनले आफूलाई पायक पर्ने ठाउँबाट प्रवेश गर्न सक्नेछन् । चावहिलबाट मित्रपार्क र गौरीघाट हुँदै प्रवेश गर्ने भक्तजनका लागि उत्तर ढोकाको व्यवस्था गरिएको छ । त्यस्तै जयबागेश्वरीबाट प्रवेश गर्नेहरुका लागि पश्चिम ढोकाको व्यवस्था गरिएको छ ।

साथै एयरपोर्ट–गौशला–पिंगलास्थान हुँदै सुमारी भवन उमाकाण्ड तर्फबाट आउने भक्तजनका लागि दक्षिण ढोकाबाट प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।  गतवर्ष झैँ यसवर्षपनि १० लाखको हाराहारीमा भक्तजन आउने र ४ हजारको संख्यामा साधुहरु आएको अनुमान विकास कोषले गरेको छ ।

विहानैबाट श्रद्धालु भक्तजनकाे घुइँचाे  लागेकाे छ । यस वर्ष पनि विगतका वर्षहरू झैं भारत, इन्डोनोसिया, मलेसिया, ब्रम्हालगायत क्षेत्रबाट धर्मालम्वीहरु आएका छन् ।

सेवाप्रदायक संस्थाहरु (फलफुल, पानी लगायत विभिन्न खानेकुरा) का लागि भने पार्किङका लागि विशेष स्थान तोकिएको अधिकारीले बताए । उनले भने, ‘उनीहरुका लागि सिफल, गुहेश्वरी, महानगरीय प्रहरी वृत्त गौशला इत्यादि स्थानमा पार्किङ गर्ने सुविधा छ ।’

स्वास्थ्य शिविर

दर्शन गर्न आएका भक्तजनका लागि भन्दै विकास कोषले प्रत्येक वर्ष स्वास्थ्य शिविरको व्यवस्था गर्दै आएको छ । भक्तजनहरु शिवको दर्शनका लागि मन्दिर आउँदा निकै घुँइचो हुने हुँदा हजारौँको संख्यामा स्वयमसेवकहरुको पनि व्यवस्था पनि छ ।

साथै लाइनमा बसेका बिरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ । लामो समय लाइन बसेका भक्तजनहरु शारीरिक रुपमा अशक्त, स्वास्थ्य अवस्था कमजोर र रिगँटा लागेर ढल्ने जस्ता समस्या देखिने हुँदा तुरुन्त चेकजाँचका लागि आकस्मिक उपचारका लागि यो व्यवस्था राखिएको हो ।

सवारी रोक लगाइएका स्थानहरुः
शिवरात्रीका दिन ट्राफिक महाशाखाले १० रुटमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : ०३ बजे

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको