तेस्रो पटक सागको मिति घोषणा, २०१९ को डिसेम्बरमा हुने « Khabarhub

तेस्रो पटक सागको मिति घोषणा, २०१९ को डिसेम्बरमा हुने


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सन् २०१९ को डिसेम्बरमा हुने भएको छ । १३ औं साग आयोजना गर्ने जिम्मा पाएको नेपालले डिसेम्बर १ देखि १० सम्म प्रतियोगिता सञ्चालन गर्ने गरी नयाँ मिति तय गरेको हो । थाइल्यान्डमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको नयाँ मिति तय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जिवनराम श्रेष्ठले बताए ।

नेपालले आयोजनाबाट हात झिक्न लागेको भन्ने हल्लाकाबीच नयाँ मिति घोषणा भएको हो । भौतिक पूर्वाधार निर्माणमा सरकारको उदासिनताले अहिलेसम्म तय भएको मितिमा साग आयोजना गर्न नसकिएको आलोचना पनि हुँदै आएको छ ।

भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले तत्काल साग आयोजना गर्न नसकिने भएपछि केही समय अगाडि नुवाकोटको ककनीमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले साग सेप्टेम्बरसम्मका लागि सार्न प्रस्ताव राखेको थियो ।

राखेपको प्रस्ताव एनओसीमार्फत दक्षिण एसियाली ओलम्पिक कमिटीमा साग सार्न प्रस्ताव गरिएको थियो । तर दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले साग डिसेम्बर पहिलो सातामा गर्नेगरी मिति तय गरेको श्रेष्ठले बताए । उनले भने, ‘सागको मिति सार्ने निर्णय भएको हो । नेपाल ओलम्पिक कमिटीले आधिकारिक रुपमा मिति घोषणा गर्छ।’

यसअघि १२ औं साग भारतको गुवाहाटी र सिलोङमा २०१६ मा सम्पन्न भएपछि नेपालले २०१८ मा सागको आयोजना गर्ने गरी झण्डा पाएको थियो । तर, भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाईका कारण समयमा आयोजना हुन सकेन ।

त्यसपछि एसियाली ओलम्पिक कमिटीको बैठकले साग २०१९ को मार्च महिनामा गर्न दोस्रो पटक मिति घोषणा गरेको थियो । त्यसमा सरकारले पर्याप्त बजेट दिन नसक्दा पूर्वाधार निर्माणको गति सुस्त हुँदा साग सञ्चालनको मिति तेस्रो पटक तय गरिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ०९ बजे

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

काठमाडौं– माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल

राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र हाँसेर

जसपा नेपाल र लोसपाबीच एकीकरण– उपेन्द्र अध्यक्ष, महन्थ संरक्षक

काठमाडौ– मधेसकेन्द्रित दुई ठूला राजनीतिक दलबीच एकीकरण सहमतिमा हस्ताक्षर भएको

कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत

एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वीजन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा