‘बेला’ मा प्रदीप खड्का पक्का, ‘कबड्डी ३’ मा पनि सम्भावना « Khabarhub

‘बेला’ मा प्रदीप खड्का पक्का, ‘कबड्डी ३’ मा पनि सम्भावना


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्मवृत्तमा केही दिनदेखि गसिप चलिरहेको थियो, अभिनेता प्रदीप खड्कालाई लिएर रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म ‘बेला’ नबन्ने भएको छ । यसको आधिकारिक घोषणा भने भएको थिएन । यद्यपि गसिपहरु बाहिरिएका थिए ।

निर्देशक रामबाबु गुरुङले भने प्रदीप खड्काको नै भूमिका रहने गरी फिल्म ‘बेला’ बन्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले स्किृप्ट तयार नभएकाले फिल्म निर्धारित समयभन्दा केही पछाडि धकेलिएको बताए ।

‘फिल्म थुप्रै लाइनमा छन्, प्रदीप खड्कालाई लिएर बनाउने फिल्म ‘बेला’ को स्किृप्ट नसकिएकाले पछाडि सरेको हो, नबन्ने भन्ने होइन,’ निर्देशक गुरुङले भने, ‘यो फिल्मको हामीले केही समयपछि औपचारिक घोषणा गर्नेछौँ ।’

साथै गुरुङले फिल्म ‘कबड्डी ३’ मा पनि प्रदीप खड्का रहन सक्ने बताए । प्रदीपसँग मौखिक सम्झौता भए पनि कागजी सम्झौता नभइसकेकाले अहिले नै भन्न नसकिने उनले बताए ।

‘अरु कलाकारसँग पनि मौखिक कुराकानी भएको छ, तर अझै पक्का भइसकेको छैन ।’, उनले भने ।

निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘साइँली’ को शनिवार ट्रेलर सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ४१ बजे

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित