प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी « Khabarhub

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित भएको छ । 

वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ‘ब्याटिङ’ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात ‘विकेट’ गुमाउँदै २२७ रन जोडेको थियो । आजको खेलमा गण्डकीका तर्फबाट अर्जुन कुमालले १०२ ‘रन’ जोडेका थिए भने विपिन खत्रीले ७६ रन जोडेका थिए । 

कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले चार विकेट र सुजन थपलियाले एक विकेट लिए । जबाफी ब्याटिङमा उत्रिएको कोशी  ५० ओभरमा नौ ‘विकेट’को क्षतिमा १८८ रनमा सीमित रह्यो । कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडेका थिए । 

गण्डकी प्रदेशका सिव्रिन श्रेष्ठले तीन विकेट र अपराजित पौडेलले दुई विकेट लिएका थिए । आजको खेलमा गण्डकी प्रदेशका अर्जुन कुमाल ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
 

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ५ : २८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको