राष्ट्रपति ट्रम्पविरुद्ध बृहद अनुसन्धान, शक्तिको दुरुपयोग गरेको आरोप « Khabarhub

राष्ट्रपति ट्रम्पविरुद्ध बृहद अनुसन्धान, शक्तिको दुरुपयोग गरेको आरोप


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ’को न्याय समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी न्यायिक प्रक्रियामा बाधा पुर्‍याएको तथा आफ्नो शक्तिको दुरुपयोग गरेको विषयमा अनुसन्धान थालेको छ ।

हाउस ज्युडिसियरी कमिटिले ट्रम्पले न्यायिक प्रक्रियामा बाधा पुर्‍याएको, भ्रष्टाचार गरेको, आफ्नो शक्तिको दुरुपयोग गरिएकोलगतयतका विषयमा अनुसन्धान थालिएको कमिटिका अध्यक्ष जेरोड नाड्लरले जनाएका छन् ।

अनुसन्धानका क्रममा ६० भन्दा धेरै व्यक्ति तथा संस्थाका दस्तावेज मगाएर छानबिन गरिने जनाइएको छ । दस्तावेज मागिने संस्था तथा व्यक्तिको विवरण सोमबारभित्र सार्वजनिक भइसक्ने बताइएको छ ।

एबीसी टेलिभिजनको ‘दिस विक’ नामक कार्यक्रमलाई दिएको अन्तरवार्ताका क्रममा कमिटिका अध्यक्ष नाड्लरले राष्ट्रपति ट्रम्पले सन् २०१७ को मे महिनामा रुससँग राष्ट्रपति ट्रम्पको साँठगाँठ रहेको विषयमा अनुसन्धान गरिरहेका अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई)का तत्कालीन प्रमुख जेम्स कोमीलाई बर्खास्त गरी अमेरिकी न्यायिक प्रक्रियामा बाधा पुर्‍याएको स्पष्ट भइसकेको जनाए । यद्यपि उनलाई महाअभियोग लगाउने वा नलगाउने भन्नेबारे हाउस कमिटीको अनुसन्धानले बताउने नाड्लरको भनाइ छ ।

‘कसैलाई महाअभियोग लगाउनुअघि महाअभियोग लगाइँदैछ भन्ने बारे अमेरिकी जनताले जनताले थाहा पाउनुपर्छ,’ नाड्लरले भने ।

राष्ट्रपति ट्रम्पले कोमीलाई बर्खास्त गरेपछि कोमीले गरिरहेको अनुसन्धान गर्ने जिम्मा अमेरिकी न्याय विभागका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरलाई दिइएको थियो । मुल्लरले यसै साताभित्र अमेरिकी महान्यायाधिवक्ताको कार्यालयलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझउँदैछन् ।

मुल्लरको अनुसन्धान ट्रम्पले गरेका विशेष अवैधानिक कामहरुमा लक्षित रहेको, तर हाउस कमिटिको अनुसन्धान बृहद स्तरको हुने नाड्लरले जनाएका छन् ।

केही दिनअघि राष्ट्रपति ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनले कङ्ग्रेसमा दिएको बयानमा राष्ट्रपति ट्रम्पले प्रचलित अमेरिकी कानूनको विपरित गइ विभिन्न कामहरु गरेको जनाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १० : ५२ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक