मासुको गुणस्तर कायम राख्न पसललाई अनुदान दिँदै काठमाडौं महानगरपालिका | Khabarhub Khabarhub

मासुको गुणस्तर कायम राख्न पसललाई अनुदान दिँदै काठमाडौं महानगरपालिका


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि १० वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ ।

कामपाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले १० पसलले मात्र रकम पाउने भएका हुन् ।

सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि कम मात्र निवेदन परेको र परेका पनि मापदण्डनै नपुगेकाले दश वटालाई मात्र अनुदान दिइने कामपाको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

प्राप्त निवेदनमध्येबाट मापदण्डका आधारमा तीन वटालाई साझेदारीमा मिटमार्ट स्थापना कार्यक्रमअन्तर्गत जनही रु १५ लाख, चार वटालाई मासुजन्य उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत जनही रु पाँच लाख र तीन वटालाई मासु पसल सुधार कार्यक्रमअन्तर्गत जनही रु एक लाख अनुदान दिइने भएको हो ।

छनोटमा परेका व्यवसायी अहिले अनुदानबाट प्राप्त रकमबाट तयार गर्नुपर्ने पूर्वाधारमा लागेका छन् । विभागका प्रमुख भण्डारीका अनुसार छनोटमा परेका व्यवसायीको व्यावसायिक कार्ययोजना, अहिलेको पूर्वाधार र सुधार गर्नसक्ने आधारजस्ता सूचक हेरेर अनुदान उपलब्ध गराइएको हो ।

व्यवसायीले सञ्चालन गर्न लाग्ने रकमको ५० प्रतिशत कामपाबाट पाउनेछन् भने अन्य रकम सञ्चालक स्वयंले नै बेहोर्नुपर्ने हुन्छ । व्यवसायीलाई प्रोत्साहित गर्न अनुदान दिन खोजेको कामपाले जानकारी गराएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १२ : ३९ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी