मार्क जुकरबर्गले सफलता हासिल गर्नुको रहस्य « Khabarhub

मार्क जुकरबर्गले सफलता हासिल गर्नुको रहस्य


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जो व्यक्ति निरन्तर मेहनत र परिश्रममा जुट्न सक्छ । उसको हातमा सफलता प्राप्त हुन्छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले सफलता पनि उनको लगातारको मेहनत र परिश्रमको फल हो । हेर्नुहोस जुकरबर्गको सफलताका पछि जोडिएका केही कुरा जुन तपाईंका लागि उपयोगी हुनसक्छ ।

आत्मविश्वास : सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मविश्वास र दृढता हो । तपाईं सँग आत्म विश्वास छ भने तपाईं हरेक काममा सफलता पाउनु हुन्छ ।

आफूमा भएको क्षमता चिन्नुस : आफ्नो अवमूल्यन नगर्नुहोस् । आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । आफ्नो कामलाई ‘युनिक’ सोचेर अगाडि बढ्नुहोस् ।

कामप्रतिको लगाव : मानिसहरूले तपाईंको बारेमा के भन्छन् भन्ने कुरालाई ठुलो विषय नबनाउनुस्, तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरा ध्यानमा राख्नुस् । आफ्नो काम प्रति विश्वास गर्नुस । सहि काम गर्नुस् ।

सहि निर्णय : आफूलाई प्रश्न सोध्नुहोस् की म के गरिरहेको छु ? कुन आफ्ना लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ? आफूलाई नै आफ्नो कामको महत्व थाहा छैन वा त्यो काम महत्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल पनि हुनै सक्दैन । त्यसैले कामको महत्व बुझ्दै सहि निर्णय लिनुस् ।

समयमै काम गर्नुस् : छिटो दौडिनुहोस् । छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडिनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेको कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस् । अन्यथा त्यसले समस्यामा पार्न सक्छ ।

प्रतिबद्धता : कामका लागि प्रतिबद्धताहरू बनाउनुहोस् । ती प्रतिबद्धता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : १५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का