अनमोलको ‘क्याप्टेन’ ले ४ दिनमा कति कमायो ? « Khabarhub

अनमोलको ‘क्याप्टेन’ ले ४ दिनमा कति कमायो ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ ले सोमबारसम्म साढे ३ करोडको व्यापार गरेको छ । वितरक मनोज राठीका अनुसार यो फिल्मले चार दिनमा ३ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो ।

फिल्मले काठमाडौं र मोफसलबाट बराबरको व्यापार गरेको वितरकले राठीले बताए । ‘पहिलो दिन धेरैको कलेक्सन खासै राम्रो थिएन, तर शनिवारबाट फिल्मले राम्रो व्यापार गरेको छ ।’, राठीले भने ।

फिल्मले शनिबार ६५ लाख, शनिबार १ करोड २५ लाख, आइतबार ५० लाख र सोमबार झण्डै १ करोडको व्यापार गरेको हो । नेपालमा सुपरहिट भनिएका चलचित्रले गर्ने व्यापार ‘क्याप्टेन’ ले चार दिनमै गरेको वितरक राठीले दाबी गरे ।

चलचित्रमा अनमोल केसीले राष्ट्रिय खेलाडीको भूमिका निभाएका छन् । यस्तै फिल्ममा सुनील थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन विक्रम राई, लगायतका कलाकारको पनि अभिनय छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा भुवन केसीको निर्माण छ । समीक्षात्मक कोणमा भने यो फिल्मले खासै राम्रो प्रतिक्रिया पाएन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : २६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका