२ जनाको पक्राउले खुल्यो पौनै २ अर्ब राजश्व छलीको राज, २४ फर्मविरुद्ध मुद्दा दर्ता « Khabarhub

२ जनाको पक्राउले खुल्यो पौनै २ अर्ब राजश्व छलीको राज, २४ फर्मविरुद्ध मुद्दा दर्ता


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले विभिन्न समयमा राजश्व छली गर्ने फर्म (कम्पनी)विरुद्ध पौने २ अर्बभन्दा बढीको बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ ।

नक्कली तथा झुटा मूल्य अभिबृद्ध कर बिजक (भ्याट बिल) बनाएर राजश्व छली गर्नेविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो ।

नक्कली भ्याट बिलको कारोबार गर्ने दुई जना जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गएिपछि विभागले संभवतः अहिलेसम्मकै सबैभन्दा ठूलो राजश्व छलीको पर्दाफास गरेको हो ।

नक्कली भ्याट बिलको कारोबार गरिरहेको सूचनाका आधारमा विभागले जयकिशोर र परमेश्वर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनीहरुमाथि अनुसन्धानपछि विभिन्न २४ फर्मले १ अर्ब ७५ करोड ४४ लाख १० हजार २ सय ३० रुपैयाँ बराबरको राजश्व छली गरेको भेटिएको हो ।

विभागले परमेश्वर साहलाई गत माघ ३ र जयकिशोरलाई ४ गते पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीहरुले लेखपढ समेत गर्न नजान्ने तल्लो तहका मजदुरलाई प्रयोग गरी उनीहरुको नाममा फर्म कम्पनी दर्ता गराएका थिए ।

परमेश्वर र जयकिशोरको समूहले मजदुरका नाममा दर्ता भएका कम्पनीको नक्कली भ्याट बिल र बिजय बनाएर राजश्व छली गरेका विभागको अनुसन्धानबाट खुलेको छ ।

विभागले राजश्व छली गर्ने २४ कम्पनीविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख १० हजार २ सय ३० रुपैयाँ बिगो र फर्मका सञ्चालकहरुलाई ३ वर्षसम्मको कैद सजाय माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

यी हुन् राजश्व छली गर्ने २४ फर्महरु,

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : ३९ बजे

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति

खाणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री

दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा

बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै

बैतडी– बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति,

‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल

काठमाडौँ – नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान