‘लभ स्टेशन’ को ट्रेलर: प्रदीपको मायामा डुबिन् जसिता | Khabarhub Khabarhub

‘लभ स्टेशन’ को ट्रेलर: प्रदीपको मायामा डुबिन् जसिता


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

युट्युबमा समेत ट्रेलरलाई बुढासुब्बा डिजिटलको सार्वजनिक गरिएको छ ।

३ मिनेट २१ सेकेन्ड लामो ट्रेलरमा प्रदीप र जसिताको लभ, रोमान्स र पीडालाई समेटिएको छ । यस्तै ट्रेलरमा जसिता र प्रेमको माया छचल्किएको पनि देख्न सकिन्छ ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्मको ट्रेलर कमेडी पनि लाग्छ । सुवास सिंह बस्नेतको लेखन रहेको फिल्मलाई गोविन्द शाही, किशु शाही र कविर विक्रम शाहीले निर्माण गरेका हुन् ।

साथै फिल्ममा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, कुमार श्रेष्ठको एक्सन तथा आलोक शुक्लाको डीओपी छ ।

यस्तै ‘लभ स्टेशन’ मा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, दिनेश काफ्ले लगायतले अभिनय गरेका छन् ।

फिल्म चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : ५२ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’