‘लभ स्टेशन’ को ट्रेलर: प्रदीपको मायामा डुबिन् जसिता « Khabarhub

‘लभ स्टेशन’ को ट्रेलर: प्रदीपको मायामा डुबिन् जसिता


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

युट्युबमा समेत ट्रेलरलाई बुढासुब्बा डिजिटलको सार्वजनिक गरिएको छ ।

३ मिनेट २१ सेकेन्ड लामो ट्रेलरमा प्रदीप र जसिताको लभ, रोमान्स र पीडालाई समेटिएको छ । यस्तै ट्रेलरमा जसिता र प्रेमको माया छचल्किएको पनि देख्न सकिन्छ ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्मको ट्रेलर कमेडी पनि लाग्छ । सुवास सिंह बस्नेतको लेखन रहेको फिल्मलाई गोविन्द शाही, किशु शाही र कविर विक्रम शाहीले निर्माण गरेका हुन् ।

साथै फिल्ममा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, कुमार श्रेष्ठको एक्सन तथा आलोक शुक्लाको डीओपी छ ।

यस्तै ‘लभ स्टेशन’ मा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, दिनेश काफ्ले लगायतले अभिनय गरेका छन् ।

फिल्म चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : ५२ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने