विश्वको सवैभन्दा प्रदूषित शहर भारतको गुणगाउँ, काठमाडौं ९९ नम्बरमा | Khabarhub Khabarhub

विश्वको सवैभन्दा प्रदूषित शहर भारतको गुणगाउँ, काठमाडौं ९९ नम्बरमा


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको गुणगाउँ शहर संसारकै सबैभन्दा वायुप्रदूषित शहर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । एअर भिजुअल नामक संस्थाले सार्वजनिक गरेको सबैभन्दा धेरै वायुप्रददूषण हुने शहरको सूचिमा गुणगाउँको नाम शीर्षस्थानमा आएको हो ।

भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको गुणगाउँमा हावामा धुलाको मात्रा १३५.८ माइक्रोग्राम प्रतिघनमिटर रहेको एअर भिजुअलले जनाएको छ ।

त्यसबाहेक संसारको सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरको सूचीको शीर्ष दशमध्ये ७ शहर भारतका मात्र छन् । वायुप्रदूषण हुने शीर्ष दश शहरको पहिलो नम्बरमा भारतको गुणगाउँ दोश्रोमा भारतकै गाजियावाद, तेश्रोमा पाकिस्तानको फैसलावाद, चौथो नम्बरमा भारतको फरिदावाद तथा पाचौँ नम्बरमा भरातकै भिवादी शहर छन् ।

त्यस्तै सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरको सूचीको छैटौँ नम्बरमा भारतको नोइडा, सातौँ नम्बरमा भारतकै पटना, आठौँ नम्बरमा चीनको होटान, नवौँ नम्बरमा भारतको लखनउ तथा दशौँ नम्बरमा पाकिस्तानको लाहौर शहर परेका छन् ।

सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरको सूचीमा काठमाडौँ भने ९९ औँ स्थानमा परेको छ । त्यसबाहेक सबैभन्दा धेरै वायुप्रदूषण हुने शहरमा शीर्ष २० मध्ये १५ शहर भारतका परेका छन् भने वायु प्रदूषण हुने शीर्ष ३० मध्ये २२ शहर भारतका परेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ५ : ३५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही