बजेटको मध्यावधि समिक्षा : विकास बजेट १८ प्रतिशत मात्रै खर्च, व्यापारघाटा अत्यासलाग्दो « Khabarhub

बजेटको मध्यावधि समिक्षा : विकास बजेट १८ प्रतिशत मात्रै खर्च, व्यापारघाटा अत्यासलाग्दो



काठमाडौ– स्थीर सरकार बनेको भएपनि चालू आर्थिक वर्ष पनि समष्टिगत बजेट खर्च मात्रै होइन, विकास खर्च समेत निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षाअन्तर्गत कूल बजेटको २८ दशमलव ६ प्रतिशत मात्रै बजेट खर्च भएको देखाएको छ ।

प्रतिवेदनमा चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ७५ अरव ८२ करोड मात्रै बजेट खर्च भएको छ । जुन कूल बजेटको २८ दशमलव ६ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा करिव ३५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।

विकास बजेट जम्मा १८ प्रतिशतमात्रै खर्च

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विकास बजेट जम्मा १७ दशमलव ७ प्रतिशतमात्रै खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु खर्च करिव ३५ प्रतिशत पुगेपनि विकास खर्च भने जम्मा १७ दशमलव ७ प्रतिशत मात्रै भएको छ ।

अघिल्लो वर्षको पहिलो ६ महिनामा १४ दशमलव ४ प्रतिशत विकास खर्च भएपनि स्थीर सरकार बनेपछि उल्लेख्य रुपमा हुने खर्च बढ्ने अपेक्षा रहेपनि अपेक्षित रुपमा खर्च बढ्न सकेन । चालु आर्थिक वर्षका लागि पु“जीगत खर्चका लागि ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको भएपनि ६ महिनामा जम्मा ५५ अर्ब ५२ करोड ३ लाख रुपैयामात्रै खर्च हुन सकेको हो ।

राजश्व संकलनमा समेत कमी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व संकलन पनि लक्ष्यअनुरुप संकलन हुन सकेको छैन । ६ महिनामा राजस्व संकलन ४ खर्ब २९ अर्ब ५८ करोड ३ लाख लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब ४५ करोड ७६ लाख मात्रै राजश्व संकलन भएको छ ।

मुद्रास्फिती ४ प्रतिशतमा सिमित

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष महगी ४ दशमलव २ प्रतिशतमा सिमित रहेको छ । मुद्रास्फिती साढे ६ प्रतिशतमा सीमित राख्ने सरकारी योजनाअनुरुप बजेट सार्वजनिक गरेको सरकारले मह“गी ४ प्रतिशतमा सिमित राख्न सफल भएको हो ।

विदेशीने नेपाली घटे, रेमिटयान्स बढ्यो

चालु अर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशबाट नेपाली कामदारले पठाउने रकम ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । तर अघिल्लो वर्षको तुलनामा विदेशीने नेपालीको संख्यामा भने कमी आएको छ । मन्त्रालयको रेकर्डअनुसार अघिल्लो वर्षको तुलनामा ३९ दशमलव १ प्रतिशतले कमी आएको छ ।

अत्यासलाग्दो व्यापारघाटा

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापारघाटा ३२ दशमलव १ प्रतिशतले बढेर ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैया बढेको छ । अघिल्लो वर्ष करिब २० प्रतिशतले बढेको व्यापारघाटा चालु आर्थिक वर्ष भने झनै चुलिएको हो । रासायनिक मल, औद्योगिक कच्चापदार्थ, मेसिनरी पार्टस र पेट्रोलियम पदार्थको आयात बढेपछि व्यापारघाटा बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : ५३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल