इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र | Khabarhub Khabarhub

इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाली सेनाले मुलुकको मध्यभागको मरुभूमि इलाकामा आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेका बाँकी भूभागमा सैनिक आक्रमण शुरु गरेको छ । सिरियाको मध्यभागमा रहेको अल शुख्ना शहर तथा त्यस आसपास रहेका क्षेत्रमा सिरियाली सेनाले व्यापक हवाई आक्रमण गरेको जनाइएको छ ।

सन् २०१४ सम्म सिरियाको आधा भूभागमा कब्जा जमाएको इस्लामिक स्टेट हाल सिरियाको सानो भूभागमा मात्र सिमित छ । पछिल्लो समय पूर्वी सिरियाको डिएर एजजोर प्रान्तको बाघुज शहर आसपास अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले व्यापक सैनिक आक्रमण गरिरहेका बेला मध्य सिरियामा पनि सिरियाली सेनाले इस्लामिक स्टेटविरुद्ध सैनिक आक्रमण गरेको हो ।

सिरियाली सेनाले इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी गरेको आक्रमणमा लडाकुतर्फ भएको क्षतिको विवरण भने खुलाइएको छैन ।
सिरियाली सेनाले अल शुख्ना शहरलाई सन् २०१७ मा इस्लामिक स्टेटबाट मुक्त गरेको थियो । यद्यपि मध्य सिरियाको मरुभूमिमा अवस्थित ऐतिहासिक शहर पल्माइरालाई डिएर एजजोर शहरसँग जोड्ने धुलौटे सडक आसपास इस्लामिक स्टेटको उपस्थिती रहेको बताइन्छ । त्यहाँ रहेका इस्लामिक स्टेट लडाकुलाई लक्षित गरी सिरियाली सेनाले आक्रमण गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २३ बजे

नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत

हर्कका समर्थकबाट अस्पतालभित्रै कुटिइन् सञ्जिता धमला, मेयरको धम्की, ‘विस्फोट हुन सक्छ’

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) का समर्थकले

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं– काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको

संसद्लाई बिजिनेस दिनेबारे सभामुख र प्रमुख सचेतकबीच छलफल

काठमाडौं– सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक

यामलाल कँडेल : गरिब प्रदेशका धनी मुख्यमन्त्री, यस्तो छ सम्पत्ति विवरण

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित सबै मन्त्रीको सम्पत्ति विवरण