इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र | Khabarhub Khabarhub

इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाली सेनाले मुलुकको मध्यभागको मरुभूमि इलाकामा आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेका बाँकी भूभागमा सैनिक आक्रमण शुरु गरेको छ । सिरियाको मध्यभागमा रहेको अल शुख्ना शहर तथा त्यस आसपास रहेका क्षेत्रमा सिरियाली सेनाले व्यापक हवाई आक्रमण गरेको जनाइएको छ ।

सन् २०१४ सम्म सिरियाको आधा भूभागमा कब्जा जमाएको इस्लामिक स्टेट हाल सिरियाको सानो भूभागमा मात्र सिमित छ । पछिल्लो समय पूर्वी सिरियाको डिएर एजजोर प्रान्तको बाघुज शहर आसपास अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले व्यापक सैनिक आक्रमण गरिरहेका बेला मध्य सिरियामा पनि सिरियाली सेनाले इस्लामिक स्टेटविरुद्ध सैनिक आक्रमण गरेको हो ।

सिरियाली सेनाले इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी गरेको आक्रमणमा लडाकुतर्फ भएको क्षतिको विवरण भने खुलाइएको छैन ।
सिरियाली सेनाले अल शुख्ना शहरलाई सन् २०१७ मा इस्लामिक स्टेटबाट मुक्त गरेको थियो । यद्यपि मध्य सिरियाको मरुभूमिमा अवस्थित ऐतिहासिक शहर पल्माइरालाई डिएर एजजोर शहरसँग जोड्ने धुलौटे सडक आसपास इस्लामिक स्टेटको उपस्थिती रहेको बताइन्छ । त्यहाँ रहेका इस्लामिक स्टेट लडाकुलाई लक्षित गरी सिरियाली सेनाले आक्रमण गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २३ बजे

कोशीका मुख्यमन्त्री कार्की सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएपछि

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

काठमाडौं– अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ

खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौं– खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग

मुख्यमन्त्री केदार कार्की बिराटनगर- कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने नेपाली