स्पेनको डढेलो अझै नियन्त्रणबाहिर | Khabarhub Khabarhub

स्पेनको डढेलो अझै नियन्त्रणबाहिर


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी स्पेनका विभिन्न २० स्थानमा अझै ३७ डढेलो सक्रिय रहेको स्पेनी अधिकारीले जनाएका छन् । गत आइतबार बेलुकीबाट शुरु भएका १ सय ३९ भन्दा धेरै डढेलोमध्ये अधिकांश नियन्त्रणमा आइसकेपनि अझै केही डढेलो नियन्त्रणमा आइसकेको छैन ।
हाल उत्तरी स्पेनमा ४ सय भन्दा धेरै अग्नि नियन्त्रक डढेलो निभाउन लागि परेका छन् ।

डढेलोबाट सयौँ हेक्टर जंगल क्षेत्र खरानी भएको र डढेलोले नजिकका शहरहरु पनि असुरक्षित रहेको जनाइएको छ ।
हाल सुदूर उत्तरी स्पेनको आस्तोरियास स्वायत्त समुदायका विभिन्न क्षेत्रमा अझै डढेलो सक्रिय रहेको र डढेलो निभाउने प्रयास भइरहेको छ । त्यसबाहेक उत्तरी बास्क क्षेत्रमा पनि डढेलो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सोमबार आस्तुरियास स्वायत्त समुदायको क्षेत्रीय व्यवस्थापिकाका अध्यक्ष गुलिर्मो मार्टिनेजले त्यहाँ लागेका डढेलोमध्ये ८० प्रतिशत डढेलो जानाजान लगाइएको भन्दै त्यसको निन्दा गरेका थिए ।

आस्तुरियासका अधिकारीले डढेलोबारे अनुसन्धान भइरहेको र डढेलो लगउने जो कोही दोषी देखिएपनि कानूनसम्मत कारवाही गरिने जनाएका छन् ।

यता संरक्षण अभियन्ताहरुले भने भेडा र गाइवस्तु चराउने गोठालाले नयाँ घाँस उमार्नका लागि आगो लगाउने गरेको र त्यसलाई सरकारले बेवास्ता गर्दै आएकाले डढेलो लागेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले