प्रिमियर लिग फुटबल : चेल्सीले एस्टन भिल्लालाई हरायो « Khabarhub

प्रिमियर लिग फुटबल : चेल्सीले एस्टन भिल्लालाई हरायो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टमी अब्राहमको आगमनमा चेल्सीले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई हराएको छ ।

चोट मुक्त हुँदै मैदान फर्किएका अब्राहमले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि चेल्सीले स्टामफोर्ड ब्रिजमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएको हो ।

चेल्सीका पुर्व कप्तान समेत रहेका जोन टेरी एस्टन भिल्लाको प्रशिक्षकको रुपमा स्टामफोर्ड ब्रिज आएका थिए । उनलाई चेल्सीका समर्थकले घरेलु मैदानमा राम्रो सत्कार दिए । ब्यानर सहित चेल्सी समर्थकले टेरीको योगदानको कदर गरेका थिए ।

टेरीले समेत क्लब र प्रशिक्षक समेत रहेका पुर्व सहकर्मी फ्रान्क लाम्पार्डको प्रशंसा गरेका थिए । खेलमा अग्रता चेल्सीले २४ औं मिनेटमा अब्राहमको गोलबाट लिएको थियो । २२ बर्षका ईङल्याण्डका फरवार्डले चोटका कारण वेस्ट ह्यामविरुद्वको अघिल्लो खेल गुमाएका थिए ।

ट्रजिगीले ४१ औ मिनेटमा पाहुना टोलीकालागि बराबरी गोल फर्काए । तर विलियमको क्रसमा अब्राहमले मिलाईदिएको पासमा मासन माउन्टले ४८ औ मिनेटमा चेल्सीका लागि विजयी गोल गरे गरेका थिए ।

लगातार एकपछि अर्को हारले दबाबमा आएको चेल्सीलाई पछिल्लो जितले राहत दिएको छ । चेल्सी २९ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ । उसले पाँचौ स्थानका उल्भ्ससंग ६ अंकको अग्रता बनाएको छ ।

तालिकाको १५ औं स्थानमा रहेको एस्टन भिल्ला १५ अंक सहित रेलिगेशन जोन भन्दा मात्र एक अंकले माथि छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन