गण्डकी मेडिकल कलेजमा प्रश्नपत्र आउट, सीईओ र प्रिन्सिपलका छोराछोरी मात्रै परीक्षामा सहभागी ! « Khabarhub

गण्डकी मेडिकल कलेजमा प्रश्नपत्र आउट, सीईओ र प्रिन्सिपलका छोराछोरी मात्रै परीक्षामा सहभागी !


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखराको गण्डकी मेडिकल कलेजमा आजदेखि शुरु भएको एबीबीएस परीक्षाको प्रश्न पत्र आउट भएको छ ।

१० बजेदेखि परीक्षा भएपनि बिहान नै प्रश्न पत्र आउट भएको गण्डकी मेडिकल कलेजका विद्यार्थीले आरोप लगाएका छन् । एमबीबीएसका विद्यार्थीहरुले शुल्कको विषयलाई लिएर परीक्षा नै नदिने घोषणा गरेपछि कलेज सञ्चालकका छोराछोरीले मात्र परीक्षा दिएको र उनीहरुलाई पास गराउन कलेजले नै प्रश्न पत्र आउट गरेको आन्दोलनमा उत्रिएका विद्यार्थीको आरोप छ ।

‘आज एमबीबीएसको परीक्षा १० बजेदेखि थियो, कलेज सञ्चालकका छोराछोरी बाहेक अरु विद्यार्थीले परीक्षा बहिष्कार गरेर बसेका थिए,’ गण्डकी मेडिकल कलेजका एक विद्यार्थीले भने, ‘प्रिन्सिपल रविन्द्र प्रसाद श्रेष्ठको छोरा र कलेजको सिईओ कृष्ण घिमिरेको छोरीले मात्र परीक्षा दिएका थिए । उनीहरुलाई पास गराउन पर्छ भनेर नै कलेजले नै प्रश्न पत्र आउट गर्‍यो ।’

परीक्षा अगावै प्रश्नपत्र बाहिरीएपछि परीक्षा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले परीक्षा स्थलमा अवरोध गर्न पुगेका थिए । सो क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरी बीच झडप समेत भएको थियो । आन्दोलनमा उत्रिएका केही विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई जना मात्र परीक्षामा छैनन्– प्रिन्सिपल

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर रविन्द्र प्रसाद श्रेष्ठले भने आफ्नो छोरा पनि परीक्षामा सामेल भएकाले परीक्षा सेन्टरमा आफु नरहेको बताए ।

उनले प्रश्नपत्र आउट नभएको र आन्दोलनरत विद्यार्थीहरुले परीक्षामा अवरोध गर्न लागेपछि केही समय विवाद भएको बताए ।

‘विद्यार्थीहरुले जाँच रोक्न खोजेका थिए, तर परीक्षा रोकिएको छैन, चलिरहेको छ, मेरो छोरा पनि त्यही परीक्षामा भएकाले म परीक्षा सेन्टरमै गएको छैन, म बाहिर नै छु, मैले पाएको जानकारी अनुसार परीक्षामा डिस्टब गर्न खोजेका केही विद्यार्थीलाई पक्राउ गरिएको छ,’ प्रिन्सीपल श्रेष्ठले भने, ‘मेरो छोरा र सीईओको छोरा मात्र होइन अरु १८/१९ जना विद्यार्थी पनि छन् ।’

उनले प्रश्न पत्र आउट नभएको दावी गरे ।

‘कलेजसँग प्रश्न पत्र नै हुँदैन, कलेजले कसरी आउट गर्न सक्छ, यो परीक्षा कलेजले लिने होइन, जाँच लिन आइओएमबाट दुईजना आउँनुभएको छ,उहाँहरुले नै पेपर र प्रश्न लिएर आउने हो,’ प्रिन्सीपल श्रेष्ठले भने, ‘हाम्रो त्यहा केही रोल हुँदैन, हामीले सहजिकरण गर्ने मात्र हो, हामीले कसरी प्रश्नपत्र आउट गर्न सक्छौं ?, प्रश्न पत्र आउट नै भएको छैन ।’

तर आउट भएको प्रश्न पत्र भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले बाहिर बोकेर हिँडिरहेका छन् । यसबारे प्रश्न गर्दा प्रिन्सिपल श्रेष्ठले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

चिकित्सा शास्त्र अध्ययन संस्थान ( आइओएम) ले आजदेखि एमबीबीएस प्रथम वर्षको परीक्षामा शुरु गरेको थियो । तर गण्डकी मेडिकल कलेजसहित, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । यसअघि हिजो चितवन मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिष्कार गर्दै प्रवेश पत्र समेत जलाएका थिए ।

गण्डकी मेडिकल कलेजले बढी विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि बीडीएस प्रथम वर्षकाका विद्यार्थीहरूले बोर्ड परीक्षा दिएका छन् । गण्डकी मेडिकल कलेजले एमबीबीएस तथा बीडीएसका प्रथम र दोस्रो वर्षका विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गरेपछि विद्यार्थीहरूले बुधबारदेखि शुरू भएको बीडीएसको परीक्षा दिएका हुन् ।

विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क कलेजले लिएको भन्दै शुल्क फिर्ता नभएकोले परीक्षा बहिष्कार गरेको बताएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ०७ बजे

इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ

काठमाडौं- इरानले अमेरिका र इजरायलसँग लामो समयसम्म युद्ध गर्न तयार

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि