रात्रिकालिन मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक असुरक्षित « Khabarhub

रात्रिकालिन मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक असुरक्षित


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको सुरक्षाका विषयप्रति गम्भीर भएर काम नगरेको एक कार्यक्रमका वक्ताले आरोप लगाएका छन् ।

रात्रिकालीन मनोरञ्जन क्षेत्रका काम गर्ने महिलाको सुरक्षाको विषयमा आवाज उठाउँदै आएको संस्था विश्वास नेपालले आयोजना गरेको समानताको पुस्ता बलात्कार विरुद्ध एक्यवद्धता कार्यक्रयमा बोल्ने अधिकांश वक्ताहरुले सरकारले यो क्षेत्रका काम गर्ने श्रमिकको सुरक्षाका विषयमा गम्भीर भएर काम गर्ने नसक्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रका श्रमिक समस्याग्रस्त हुनेगरेको बताएका छन् ।

अर्थसँग जोडिएको मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुको सुरक्षा नहुँदा उनीहरु रोजगारीका लागि विदेशी पलायन हुने क्रम बढ्दो अवस्थामा रहेको विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले बताइकी छिन् । सरकारले मनोरञ्जन क्षेत्रमा काम महिलालाई उपेक्षा गरिरहेको छ । उनीहरुको समस्या सामान्य रुपमा हेर्दा ती श्रमिकको वास्तविक समस्या लिएर बाहिर आउन नसकेको उनको भनाइ छ ।

यस्तै, जिल्ला प्रशासन कार्यलय काठाडौंका साहायक प्रमुख जिवन आचार्यले सरकारले रात्रिकालीन मनोरञ्जन क्षेत्रमा काम महिला कामदारका विषयमा गम्भीर भएर काम गरिरहेको बताएका छन् । उनीहरुको रोजगारीसँग अन्य सुरक्षासँग जोडिएका समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए ।

विश्वास नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई अभिमुखिकरण तालिम, मनोसामाजिक परामर्श, संस्थागत क्षमता बृद्धि तालिम, कानुनी परामर्श, रोजगारीको सुरक्षा जस्ता विषयमा सहजीकरण गदै आएको छ । यो क्षेत्रमा समस्यामा परेका महिलाका विषयमा कानुनी परामर्श पनि विश्वास नेपाल दिन सहयोग गदै आएको जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ६ : १८ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता