यस कारण नयाँ निर्देशकसँग काम गर्छन् अक्षय कुमार « Khabarhub

यस कारण नयाँ निर्देशकसँग काम गर्छन् अक्षय कुमार


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार बलिउडका सबैभन्दा मेहनती अभिनेतामध्ये एक हुन् । उनको एकै वर्ष ३ देखि ४ वटा फिल्म रिलिज हुन्छन् । सबै फिल्म हिट पनि हुन्छन् ।

सन् २०१९ मा पनि अक्षयका ४ फिल्म रिलिज हुँदैछन् । तीमध्ये ३ फिल्म रिलिज भएर पनि सफल भइसकेका छन् । चौथो फिल्म ‘गुड न्यूज’ रिलिजका क्रममा छ ।

अक्षयले नयाँ निर्देशकसँग काम गरेका हुन्छन् । उनले किन नयाँ निर्देशकसँग काम गर्छन् भन्ने बारेमा उनले खुलासा गरेका छन् ।

आफ्नो अपकमिङ फिल्म ‘गुड न्यूज’ को प्रमोसनका क्रममा अक्षय कुमारले भने, ‘मैले नयाँ निर्देशकसँग यसकारण काम गर्छु किनकि, ठूला मेकरले मलाई आफ्नो फिल्ममा कास्ट नै गर्दैनन् ।’

उनले अगाडि थपे, ‘जब ठूला ब्यानरले तपाईंलाई लिँदैनन् भने आफ्नो बाटो आफै खोज्नुपर्ने हुन्छ, जब ठूलो पब्लिकेसनले तपाईंलाई जागीर दिन्नन् भने सानोमा भए पनि काम गर्नुपर्छ ।’

उनले ठूलो ब्यानरले काममा नलिए पनि घरमा खाली बस्न नसक्ने समेत बताए । यदि सक्षम छ भने ठूलो या सानो ब्यानर नभनी काम गर्नुपर्ने उनले बताए ।

उनलाई सोधियो – के ठूला निर्देशकहरु केबल खानसँग मात्र काम गर्छन्?

यसको उत्तरमा अक्षयले भने – ठूला निर्देशकहरु उनैसँग जान्छन्, जो यसका लागि योग्य छन्, खान मात्र हैन, कपूर पनि छन्, मैले सोचेँ कि म डिस्टर्ब गर्दिनँ, त्यसपछि मैले आफ्नै तरिकाले काम गर्न थालेँ ।

अक्षयले ‘गुड न्यूज’ का निर्देशक आफ्ना २१ औँ निर्देशक भएको पनि बताए । उनले काम गर्ने लालच नयाँ निर्देशकमा अझ बढी हुने पनि थपे ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ६ : ३३ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित