यस कारण नयाँ निर्देशकसँग काम गर्छन् अक्षय कुमार « Khabarhub

यस कारण नयाँ निर्देशकसँग काम गर्छन् अक्षय कुमार


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार बलिउडका सबैभन्दा मेहनती अभिनेतामध्ये एक हुन् । उनको एकै वर्ष ३ देखि ४ वटा फिल्म रिलिज हुन्छन् । सबै फिल्म हिट पनि हुन्छन् ।

सन् २०१९ मा पनि अक्षयका ४ फिल्म रिलिज हुँदैछन् । तीमध्ये ३ फिल्म रिलिज भएर पनि सफल भइसकेका छन् । चौथो फिल्म ‘गुड न्यूज’ रिलिजका क्रममा छ ।

अक्षयले नयाँ निर्देशकसँग काम गरेका हुन्छन् । उनले किन नयाँ निर्देशकसँग काम गर्छन् भन्ने बारेमा उनले खुलासा गरेका छन् ।

आफ्नो अपकमिङ फिल्म ‘गुड न्यूज’ को प्रमोसनका क्रममा अक्षय कुमारले भने, ‘मैले नयाँ निर्देशकसँग यसकारण काम गर्छु किनकि, ठूला मेकरले मलाई आफ्नो फिल्ममा कास्ट नै गर्दैनन् ।’

उनले अगाडि थपे, ‘जब ठूला ब्यानरले तपाईंलाई लिँदैनन् भने आफ्नो बाटो आफै खोज्नुपर्ने हुन्छ, जब ठूलो पब्लिकेसनले तपाईंलाई जागीर दिन्नन् भने सानोमा भए पनि काम गर्नुपर्छ ।’

उनले ठूलो ब्यानरले काममा नलिए पनि घरमा खाली बस्न नसक्ने समेत बताए । यदि सक्षम छ भने ठूलो या सानो ब्यानर नभनी काम गर्नुपर्ने उनले बताए ।

उनलाई सोधियो – के ठूला निर्देशकहरु केबल खानसँग मात्र काम गर्छन्?

यसको उत्तरमा अक्षयले भने – ठूला निर्देशकहरु उनैसँग जान्छन्, जो यसका लागि योग्य छन्, खान मात्र हैन, कपूर पनि छन्, मैले सोचेँ कि म डिस्टर्ब गर्दिनँ, त्यसपछि मैले आफ्नै तरिकाले काम गर्न थालेँ ।

अक्षयले ‘गुड न्यूज’ का निर्देशक आफ्ना २१ औँ निर्देशक भएको पनि बताए । उनले काम गर्ने लालच नयाँ निर्देशकमा अझ बढी हुने पनि थपे ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ६ : ३३ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ