पर्यटन वर्षलाई लक्षित गरी रत्ननगर महोत्सव आयोजना हुने « Khabarhub

पर्यटन वर्षलाई लक्षित गरी रत्ननगर महोत्सव आयोजना हुने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भ्रमण वर्षको सङ्घारमा पूर्वी चितवनमा रत्ननगर महोत्सव, २०७६ हुने भएको छ । रत्ननगरको टिकौलीमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको हो ।

उद्योग वाणिज्य सङ्घ रत्ननगरले महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव मूल आयोजक समितिले बिहीबार सौराहामा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक राजाराम रेग्मीले महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीय तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन ५०० स्टल रहने जानकारी दिए ।

महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिँचाइ प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिन लागिएको जनाइएको छ ।

जिल्लाको सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोक सांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने भएको छ । मेलामा ५ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड हाराहारीको कारोवार हुने अपेक्षा गरिएको महोत्सवको आर्थिक समितिका संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिए ।

महोत्सव सभ्य र भव्य बनाउन मूल समिति, स्टेयरिङ कमिटी, सल्लाहकार समितिलगायत विभिन्न कार्यका लागि ४१ वटा कार्यगत समितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

विगतमा जस्तै महोत्सवअन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा ‘फुड फेष्टिबल’ र ‘चिकेन एण्ड एग फुड फेष्टिबल’को आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ५८ बजे

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी