सर्वोच्चको न्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन « Khabarhub

सर्वोच्चको न्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ ।

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्च अदालत रिक्त रहेको एक न्यायाधीश पदमा नियुक्तिका लागि बैठक बसेको तर पुनः बस्ने गरी बैठक स्थगित भएको परिषद्का प्रवक्ता मानवहादुर कार्कीले जानकारी दिए ।

न्याय परिषद् सदस्य रहुनभएका पदम वैदिकलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने विषयमा विरोध आएपछि बैठकले निर्णय गर्न सकेन ।

परिषद्का सदस्य वैदिकले एक वर्ष कार्यकाल बाँकी रहँदै बुधबार परिषद्को सदस्यबाट राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृतसमेत गरिसकेकी छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ०७ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता