लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप गम्भीर भएको छ– आईजी खनाल « Khabarhub

लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप गम्भीर भएको छ– आईजी खनाल


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर रहेको बताएका छन् । उनले १ र २ नम्बर प्रदेश प्रहरी कार्यालयअन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै हिंसा र हत्याका घटना रोक्न थप सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।

उनले सो क्षेत्रका लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अभियन्तासँग समेत बिहीबार नै भिडियो कन्फ्रेन्समार्फत अन्तरक्रिया गरे । उक्त अभियानमार्फत विभिन्न जिल्लामा सञ्चालन भइरहेको जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न उनले सम्बन्ध प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले जिल्लास्थित विभिन्न महिला सञ्जालका अध्यक्ष तथा पदाधिकारीले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सम्बन्धित कार्यालया प्रमुखलाई आग्रह गरे ।

उनले ती जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा कामबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग जानकारी लिएका थिए । आईजी खनालले महिला सञ्जालको भूमिकालाई समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई शून्य सहनशीलता विधिको माध्यमद्वारा निस्तेज गर्न थप अभियान चलाउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ३५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने