देखियो आशाको मुस्कान, बर्खाअघि नै हावाहुरी पीडितको घर बनाइने « Khabarhub

देखियो आशाको मुस्कान, बर्खाअघि नै हावाहुरी पीडितको घर बनाइने


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-टन्टलापुर घाम छेक्ने सयल छैन। राति शित रोक्ने ओत छैन। पेटमा पोसिलो खाना छैन। नुहाएर फेर्न नाना छैन। तर, पनि अनुहारमा तनाव छैन। बरु छ– मीठो मुस्कान। उद्दण्ड हुरी–भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने उजाडिएका छैनन्। उनीहरू भन्छन्, ‘चिन्ता लिएर के गर्नु ? जे हुनु भइगयो। बरु सरकारले बेलैमा हेरिदिए हुन्थ्यो।’

गरिबीले पुस्तौंपुस्ता थिचेका यहाँका बासिन्दा आफैं पुनर्वासको बन्दोबस्त गर्ने औकातमा छैनन्। सोझो आशा छ सरकारतिरै। र, त्यही आशाको मुस्कान छरेर भरोसाको दियो बाल्दै बाँचेका छन् उनीहरू। ‘त्यो घटना हामी बिर्सन चाहन्छौं। यस्तो घटना कहिल्यै–कहीं नहोस्’, भलुई भरबलियाका छठु राउत कुर्मीले भने, ‘हाम्रो घर त रहेन। तर, आपतमा सबैले देखाएको मायाले पीडा बिर्साउँदै लगेको छ। आउने–जानेको बाक्लो भीडले हामीलाई एक्लो महसुस हुन दिएको छैन।’

निर्वाहको अवस्था असामान्य छ। तर, पीडित आफैंले सामान्यीकरण गर्दै लगेका छन्। जिन्दजी अस्तव्यस्त छ। शरीर गलेको छ। मनमा तनाव छ। अनुहार भने उज्यालै छ। घटनाको पाँचौं दिनसम्म सामान्य टेन्टको ओत नपाउने अझै धेरै छन्। सेना र प्रहरी सहयोगमा जुटेका छन्। तर, सानो संख्यामा। पार्टीका झन्डा हल्लाउँदै आउने नेताका सवारीलाई अरू गाडी र सर्वसाधारणको भीड छिचोलाउन सुरक्षार्कीको अधिकांश समय खेर जान्छ।

‘राहत’ भन्दै गाडीबाट बिस्कुट, चाउचाउ, पानी जुस आदि भेडा–बाख्रालाई झैं फालिदिने पनि थुप्रै भेटिए। तिनको पछि–पछि हात लम्काउँदै दगुर्ने आधासरो सर्वसाधरण र बालबालिकाले केवल धुलोको मुस्लो खान पाउँछन्।

रित्तो हात फर्किए पनि मीठो मुस्कान छर्छन्। भरवलियाकै बिक्रम मुखिया बिहिवार दिउँसो नेपाली सेनाले लगाइदिएको टेन्टभित्र भेटिए। हुरीले घर भत्काएपछि उनको परिवार चार दिनदेखि बिचल्लीमा थियो। खुल्ला आकाशमै रात बिताउँदै आएका उनी टेन्ट पाएपछि खुशी देखिन्थे।

घरको भग्नावशेषबाट टेन्टमा सर्ने तयारी गर्दै गरेका उनलाई बोल्नसम्म फुर्सद थिएन। ज्यालादारीबाट जीवीकोपार्जन गर्ने उनको काम टुटेको पाँचै दिन भयो। ‘चौरमा सुतिरहेका थियौं। सुत्न पाइने भयो’, खुसी भावमा देखिएका उनले भने, ‘सरकारले सहयोग गरे विस्तारै घर बनाउँला। जे भयो त्यसलाई बिर्सनुपर्छ अब।’

बिक्रमले आफूलाई सम्हालेका छन्। घटनामा घाइते भएकी उनकी आमाको वीरगन्जमा उपचार भइरहेको छ। अस्पतालमा आमालाई उनका दाइले हेरचार गरिरहेका छन्। उनी भने यता परिवार सम्हाल्दै छन्। परिवारमा ८ जना छन्। ती कसैसँग एकसरोभन्दा लुगा छैनन्।

राहत बाँड्ने टोली बाक्लै आउँछन्। तर, सबैजसो उही बिस्कुट–चाउचाउमा केन्द्रित छन्। कति रमिता हेर्न पुगेका छन्। कति ‘समाजसेवी’ देखिने रहरमा आएका छन्। कतिपय भने भएको थोरै स्रोत मनैदेखि दिन चाहन्छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

जनप्रतिनिधीका संस्ठा दाता रिझाउनै व्यस्त शीर्षकको समाचारमा स्थानीय सरकारको साझा मुद्दामा पैरवी गर्ने जिम्मेवारी बोकेका जनप्रतिनिधिका छाता संगठन दाता रिझाएर परियोजना सञ्चालनमा व्यस्त छन्। नेपाल नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघ र गाउँपालिका महासंघले स्थानीय सरकारका मुद्दा छाडेर एनजिओ र आइएनजीओको सर्तमा परियोजना सञ्चालन गरिरहेका हुन्। स्थानीय तहसम्म बन्ने नीति, कानुन र योजनामा दाताकै परियोजनाको प्रभाव छ।

स्थानीय तहमा प्रविधि हस्तान्तरण गर्न विभिन्न परियोजना चलाएको दाबी छाता संगठनहरूको छ। विगतमा जनप्रतिनिधिविहीन अवस्थामा पनि ती परियोजना तहसम्म पुगेका थिए। विगतमा परियोजना स्वीकृति र सम्झौता गर्दा मन्त्रालयलाई सबै जानकारी दिने संस्था अहिले त्यसो गर्दैनन्। ‘उनीहरु कानुनअनुरुप चल्नुपर्छ। परियोजना पाइयो भन्दै दाताको सर्त र उद्देश्य पूरा गर्ने गरी काम गर्न छुट छैन,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले भने।

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्दा जनप्रतिनिधिका संस्थाले परियोजना चलाउन पाउने विषयमा लबिङ गरेका थिए। तर मन्त्रालयले उनीहरूको प्रस्ताव अस्वीकार गरेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : ३९ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद