वैदेशिक रोजगारीमा ठगीः एउटै म्यानपावरका नाममा २५ उजुरी दर्ता (सूचिसहित) « Khabarhub

वैदेशिक रोजगारीमा ठगीः एउटै म्यानपावरका नाममा २५ उजुरी दर्ता (सूचिसहित)


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको खोजीमा रहेका युवा एउटै म्यानपावर कम्पनीबाट पटक-पटक ठगिँदै आएका छन् ।
रोजगारीको खोजीमा रहेका युवालाई विदेश पठाइदिने क्रममा दुःख दिएको तथा विदेश पुगेपछि समस्यामा पारेको र आर्थिक ठगी गरेको भन्दै रोजगार पीडितहरुले उजुरी दिने गरेका छन् ।

एउटै म्यानपावरका नाममा चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा २५ वटासम्म उजुरी दर्ता भएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष शुरु भएको ८ महिनामा दर्जनबढी म्यानपावर कम्पनीका नाममा रोजगारपीडितले धेरै उजुरी दर्ता गराएको विभागले जनाएको छ ।

आर्थिक वर्ष सुरु भएको ८ महिनामा दृष्मा ओभरसिर्ज प्रालि (लाइसेन्स १०७६/०७३ /७४ नम्बर ) का नाममा २५ वटा उजुरी पीडितले दर्ता गराएको विभागले जानकारी दिएको छ । यो अवधिमा ब्रिफ ओभरसिर्ज प्रालि (लाइसेन्स नम्बर १४७२ /०७४ /७५ ) का नाममा १६ वटा मुद्दा विभागमा दर्ता भएका छन् ।

यस्तै, मास्टर जव सर्भिस प्रालि (लाइसेन्स नम्बर ८२७/ ६०७) का नाममा १४ वटा र स्फिट नेपाल म्यानपावर प्रालिका (लाइसेन्स नम्बर १२४९ / ०७४ / ७५ ) का नाममा १२ वटा उजुरी विभागमा दर्ता भएका छन् । त्यस्तै डेल्टा इम्पोलिमेन्ट सभिर्ज प्रालिका (लाइसेन्स नम्बर ७२० /०६४ /०६५ ) का नाममा ११ वटा र युरो नेपाल इन्टरनेशनल इम्पोलिमेन्ट प्रालि (लाइसेन्स नम्बर १२५० / ९७४/ ७५ )का नाममा ९ वटा उजुरी रोजगारपीडितले दर्ता गराएको जानकारी दिएको छ ।

विभागमा ५० वटासम्म म्यानपावरको नाममा रोजगारपीडितले गएका ८ महिनामा उजुरी दर्ता गराएको पाइन्छ । पछिल्लो समय स्वदेशमा भन्दा विदेश पुगेर फर्किएका धेरै पीडित समस्या लिएर आउने गरेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ ।

नेपालबाटै राम्रो रोजगारीमा पठाइए दिने भनेर ठगी गर्ने, विदेशमा एउटा काम भनेर अर्कै काममा लगाउने, रोजगारदाता कम्पनीले नेपालमा सम्झौता भएअनुसार सेवाशुल्क नदिएको र रोजगारदाता कम्पनीले धेरै पीडा दिएको उजुरी आउने गरेको विभागको मुद्दा शाखाको तंथ्याकमा उल्लेख छ ।

पछिल्लो समय विभागले उजुरी परेको केही घन्टामा नै रोजगारपीडितका समस्या समाधान गर्ने प्रयास गरिरहेको विभाग महानिर्देशक दिलिपकुमार चाँपगाईँले बताए । कुनै म्यानपावरबाट कामदार पीडित भएको छ भने उक्त म्यानपावरको सञ्चालकलाई बोलाएर मुद्दाको प्रकृति हेरि क्षतिपूर्ति भराउदै आएको उनको भनाइ छ ।

विभागको मुद्दा शाखाका अनुसार प्राय सिमित म्यानपावर बाहेक सवै म्यानपावरको नाममा उजुरी दर्ता हुने गरेको छ । यस्ता म्यानपावरलाई सामान्य आर्थिक जरिवाना गरेर कारवाही गरि छुट पाउने गरेको पीडितको गुनासो छ । एउटै म्यानपावरका नाममा ठूलो संख्यामा मुद्दा परे पनि विभागले म्यानपावर कम्पनीलाई कस्तो कारबाही गर्दै आएको छ भन्ने तथ्य खुलाइएको छैन ।

३ पटकभन्दा बढी उजुरी परे सोझै खारेजी

वैदेशिक रोजगार ऐन, २०६४ मा म्यानपावर कम्पनीविरुद्ध विभागमा पीडित कामदारले उजुरी गरेपछि एक पटक सचेत गराई जरिवाना, दोस्रो पटक जरिवाना तथा जेल सजायसम्मको कारबाही र तेस्रो पटक धरौटी जफत वा म्यानपावर कम्पनी नै खारेजसम्मको व्यवस्था छ । हाल, वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएको छ । तर, आगामी आर्थिक वर्षदेखि मात्र लागू हुँदैछ ।

उक्त ऐनमा वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गदै आएका म्यानपावर कम्पनीका नाममा ३ पटकभन्दा बढी उजुरी विभागमा परे छानविन गरी दोषी देखिएमा म्यानपावर कम्पनीलाई खारेज विभागलाई कानुनी अधिकार छ ।

वैदेशिक रोजगार ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने अवसर विभागले कम मात्र प्रयोग गरिरहेको छ । कतिपय ठगीका घटनामा पीडितको प्रमाण नपुग्दा अपराधीले उन्मुक्ति पाइरहेको निर्देशक भोलानाथ गुरागाईँले बताए । उनले भने, ‘वैदेशिक रोजगारी क्षेत्रमा राज्यको आँखा छलेर धेरै ठगी हुनेगरेको छ । जसका कारण कानूनी दायरामा ल्याएर दोषीलाई कारवाही गर्ने समस्या भइरहेको छ ।’

विभागमा उजुरी परेका आधारमा म्यानपावरमाथि खासै कारबाही नहुँदा रोजगारीका नाममा हुने ठगी कम हुन सकेको पनि छैन । ऐनअनुसार कारबाही नहुँदा रोजगार व्यवसायीको मनोबल बढेर कामदारलाई पटक-पटक दुःख दिने र ठग्ने गरिरहेका छन् ।

ठग्ने म्यानपावरको सूची हेर्नुहोस्

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : १८ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन