नाम पानीजहाज कार्यालय : काम डुङ्गा दर्ता गर्ने | Khabarhub Khabarhub

नाम पानीजहाज कार्यालय : काम डुङ्गा दर्ता गर्ने


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपालले आफ्नो पानीजहाज किन्ने र नेपालभित्रै सञ्चालनमा ल्याउने विषयले चर्चा पाएको धेरै भइसकेको छ । यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन पनि गरिसकेका छन् ।

वर्तमान सरकारको महत्वांक्षी योजनामध्येको एक पानीजहाज सञ्चालनको विषयले मूर्तरुप पाउने संभावना भने अझै समय लाग्ने देखिन्छ ।

पानीजहाजको कार्यालय सञ्चालनमा आएको डेढ महिनापछि रजिष्ट्रारको रुपमा ऋषिराज कोइरालाले जिम्मेवारी पाएका छन् ।

गत आइतबारदेखि पानीजहाज कार्यालयमा रजिष्ट्रारको जिम्मेवारी सम्हालेका कोइराला पानीजहाज सञ्चालनमा ल्याउन नीतिगत सुधार आवश्यक भएको छ ।

२०२७ सालमा बनेको पानीजहाज सम्बन्धी ऐन ‘अहिलेको सन्दर्भमा उपयुक्त’ नभएको कोइरालाको बुझाइ छ । नयाँ ढंगले अघि बढ्नका लागि ऐन कानून परिमार्जित गर्ने पक्रियामा रहेको रजिष्ट्रार कोइरालाले जानकारी दिए ।

४८ वर्षअघिको ऐन भएकाले समय सापेक्ष बनाउन परिमार्जित गर्न थालेको कार्यलयका सिनियर डिभिजन इन्जिनिजयर बिपिन भण्डारीले जानकारी दिए ।

विदेशमा पानी जहाजका लागि विशेष व्यवस्था हुने र जहाजमा सुरक्षाका लागि विभिन्न व्यवस्था राखेको बताउदैँ परिस्थिती अनुकुल बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै अघि बढ्न लागेको उनले बताए ।

‘वातावरण प्रदुषण सम्बन्धी, सुरक्षा, बिमा, पाइलट, इन्जिनियरलाई ट्रेनिङ दिने लगायत व्यवस्था ऐनमा थप्ने तयारीमा छौँ,’ भण्डारीले भने ।

पानीमा चल्ने जति सबै पानीजहाज !

प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटनका क्रममा भनेका थिए, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।’ उनको भनाइको अर्थ थियो, पानीजहाज समुद्रमा मात्रै चल्दैन ।

नेपालमा प्रशस्त मात्रामा पानी रहेको र यो पानीलाई भरपुर प्रयोग गरी पानीजहाज सञ्चालनमा ल्याउने कुरा तीव्रताका साथ अघि बढ्ने पानी जहाज कार्यालयका कर्मचारीको विश्वास छ ।

पानीजहाज भन्नासाथ समुन्द्रमा चल्ने र फिल्मिमा हेर्ने ठूला जहाज मात्र नभएको बताउँछन् इन्जिनियर भण्डारी । ‘पानीजहाज भन्नासाथ पानीमा चल्ने स–साना डुंगादेखि सबै पर्छ,’ उनले भने ।

नेपालले यहाँका नदीमा चलाउन मिल्ने गरी समुद्रमा चल्नेभन्दा सानो आकारका पानी जहाज किन्ने भण्डारीले जानकारी दिए ।

डुङ्गा पनि पानी जहाजको कार्यालयमा दर्ता !

पानीजहाज सञ्चालनका लागि खुलेको पानीजहाज कार्यालयले अब स–साना डुङ्गालाई आफू मातहत दर्ता गर्ने तयारी थालेको छ ।

पानीजहाजको कार्यालयले यसका लागि विभिन्न सरकारी निकायसँग विवरण समेत माग गरेको छ । पानीजहाजको कार्यालयले प्राप्त गरेको विवरणअनुसार अहिले देशभर करिब १० हजारको संख्यामा साना–ठूला डुङ्गा सञ्चालनमा छन् । केही डुङ्गाहरु स्थानीय तहमा दर्ता भएर सञ्चालनमा छन् भने कतिपय बिनादर्ता पनि सञ्चालनमा रहेको पानीजहाज कार्यालयले जनाएको छ ।

तर, अब सबै डुङ्गा पानीजहाजको कार्यलयमा दर्ता गर्नुपर्ने इन्जिनियर भण्डारीको भनाइ छ ।

‘जति पनि डुङ्गाहरु सञ्चालमा छन्, त्यी यहाँ दर्ता भएका छैनन्, १५ दिनपछि हामीले सूचना प्रकाशन गर्छौं, त्यसपश्चात दर्ता गर्न सबै क्षेत्रबाट एकान्तकुनास्थित कार्यलयमा आउनुपर्ने हुन्छ,’ उनले भने ।

कार्यलयले पुराना डुङ्गा तथा ‘पानी जहाज’ दर्ताका लागि कार्यविधि र नियामावली समेत बनाएको भण्डारीले बताए ।

१५ सयदेखि २ हजार टनसम्मका पानीजहाज

पानीजहाज कार्यालय इन्जिनियर भण्डारीले पानीजहाज सञ्चालनका लागि नेपालका नदी र खोलाहरुको अध्ययन भइरहेको बताए । उनका अनुसार ठाउँ, खोला र गहिराइ हेरेर १५ सयदेखि २ हजार टनसम्मको जहाज चल्नसक्ने प्रारम्भिक निष्कर्श निकालिएको छ ।

‘कुन–कुन नदी र खोलामा पानीजहाज चलाउन सकिन्छ भनेर अहिले पनि अध्ययन जारी छ,’ भण्डारीले खबरहबसँग भने, ‘प्रारम्भिक अध्ययनबाट नेपालका नदी र खोलामा ठाउँ तथा गहिराइ हेरी १५ सयदेखि २ हजार टनसम्मका जहाज सञ्चालन गर्न सकिन्छ ।’

पानीजहाज सञ्चालन हुनसक्ने नदी तथा खोलाको अध्ययन गर्न प्रधानमन्त्री कार्यालयको नेतृत्वमा ८ जना (विज्ञसहित)को समूह गठन भएको भण्डारीले जानकारी दिए । सोही समूहले कुन–कुन नदी र खोलामा पानीजहाज सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन गरी निष्कर्श निकाल्ने उनको भनाइ छ ।

समितिले पूर्ण रुपमा अध्ययन सकेपछि मात्रै पानीजहाज खरिदको प्रक्रिया शुरु हुने भण्डारीले बताए । ‘अहिले नदी र खोलाको अध्ययन भइरहेको छ । अध्ययन सकिएपछि जहाज खरिदको प्रक्रिया शुरु हुन्छ,’ भण्डारीले भने ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : १३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न