मेडिकल काउन्सिलका प्रमाणपत्रमा प्यान अनिवार्य « Khabarhub

मेडिकल काउन्सिलका प्रमाणपत्रमा प्यान अनिवार्य


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलबाट दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य हुने भएको छ ।

काउन्सिलले मङ्सिर १५ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार प्रमाणपत्रका लागि आवेदन दिने चिकित्सकले प्यान नम्बर, त्यसको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

काउन्सिलका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको पत्राचार तथा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा रहेको व्यवस्थाको कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको हो ।

गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन चाहने चिकित्सकले भने थप कागजात पनि बुझाउनुपर्नेछ । नेपालमै कार्यरत चिकित्सकले आफू कार्यरत संस्थाबाट जारी भएको रोजगारसम्बन्धी पत्र पेस गर्नुपर्नेछ ।

विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी भएको गुड स्ट्यान्डिङ प्रमाणपत्र बुझाउनुपर्नेछ । रोजगारीमा संलग्न नरहेका चिकित्सकले भने आफू बेरोजगार रहेको स्पष्ट खुलाएर आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  २ : १२ बजे

सुनकोसी–मरिण ठेक्का रद्द प्रकरण : छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको

मेडिकल काउन्सिलका प्रमाणपत्रमा प्यान अनिवार्य

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलबाट दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन

म्याग्दीमा हावाहुरीले सुन्तला झार्दा किसानलाई लाखौँको क्षति

म्याग्दी- टिप्ने बेला भएको सुन्तला हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसान

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

इन्डोनेसियाको सुन खानीमा बाढी : १३ जनाको मृत्यु, १३ बेपत्ता

जकार्ता- इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीले सुन खानी डुबाउँदा