ट्रकले भ्यानलाई किच्यो , २ जनाको घटनास्थलमै मृत्यु « Khabarhub

ट्रकले भ्यानलाई किच्यो , २ जनाको घटनास्थलमै मृत्यु


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रकले भ्यानलाई किचेर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ललितपुरको नयाँबाटोमा जनक शिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोकेको भ्यानलाई किच्दा दुर्घटना भएको हो ।

आज (शुक्रबार) मध्यान्ह ना१घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने भ्यानलाई किचेको थियो । दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलेको छैन् । सवारी चाप रहेको सडकमा भएको दुर्घटनाले त्यस क्षेत्रको यातायात आवागमन समेत प्रभावित भएको छ । अहिले ट्राफिक प्रहरीले दुर्घटनाग्रस्त सवारीलाई सडक किनारमा पुर्‍याएर सवारी सुचारु गराएको छ ।

तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । कलंकी-कोटेश्वर सडक चौडा भ‍एसँगै तीव्र गतिमा सवारी साधन सञ्चालन हुँदा दुर्घटना पनि बढ्न थालेका छन्।

तस्वीर : रुम गुरुङको फेसबुक

यो पनि पढ्नुहोस्

कोटेश्वर-कलंकी सडक : हेर्न राम्रो, यात्रा जोखिमपूर्ण

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १ : ०२ बजे

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं– चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः