गोदावरी कुण्डसम्म जोड्ने सडकमा पनि मुआब्जाकै विवाद « Khabarhub

गोदावरी कुण्डसम्म जोड्ने सडकमा पनि मुआब्जाकै विवाद


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण शुरु भएको डेढ वर्षमा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण १० प्रतिशत मात्रै सकिएको छ ।

स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्ड भित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

पहिले घरको मात्रै मुआब्जा माग गरेकामा अहिले स्थानीयवासीले जग्गाको समेत मुआब्जा मागेर निर्माणको काम अघि बढाउन नदिएको उनले बताए । उनले भने, “सरकारले त्यहाँ रहेका घरटहरा हटाएर काम गर्न खोज्दा स्थानीयवासीले सङ्गठित रुपमा अवरोध गर्दै आएका छन् ।”

७ दशमलव ६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको ठेक्का आयोजनाले आशिष सि एम जेभी र लामा समानान्तर जेभी गरेर २ ठेकेदार कम्पनीलाई दिएको छ ।

ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिने इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, “काठमाडौँ उपत्यकाका अरु सडकमा जस्तै यहाँ पनि स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण बनेको छ ।”

यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारणसम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ । त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गा र चाबहिलबाट जोरपाटी हुँदै साँघुसम्मको सडक भने काम धमाधम भइरहेको आोजनाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १ : १३ बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका