२१ हजारमै किन्नुहोस् ४८ मेगापिक्सल क्यामेरा भएको फोन « Khabarhub

२१ हजारमै किन्नुहोस् ४८ मेगापिक्सल क्यामेरा भएको फोन


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अहिले स्मार्टफोन उत्पादनकर्ताबीच सबैभन्दा उत्कृष्ट क्यामेरासहितको फोनका लागि प्रतिस्पर्धा भइरहेको छ । खास गरेर दक्षिण एसियाली बजारहरुमा चिनियाँ मोबाइल उत्पादक कम्पनीबीच नै आफ्ना उत्पादन बिक्री गर्ने होड चलिरहेको हुन्छ ।

विश्व मोबाइल बजारमा आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको चिनियाँ मोबाइल उत्पादक कम्पनी शाओमीले नेपालमा ४८ मेगापिक्सल क्यामेरासहितको फोनको बिक्री शुरु गरेको छ ।

शाओमी (एमआई)ले ४८ मेगापिक्सल क्यामेरायुक्त रेडमी नोट–७ फोनको बिक्री नेपालमा शुरु गरिसकेको छ । यो फोन तीन फरक भेरियन्ट्समा नेपालमा उपलब्ध हुने छ ।

यो फोनमा ४८ र ५ मेगापिक्सलका २ वटा रियर क्यामेरा छन् । सेल्फीका लागि १३ मेगा पिक्सलको क्यामेरा दिइएको छ ।

यसको अर्को राम्रो विशेषता भनेको ४००० एमएएच क्षमताको ब्याट्री हो । साथै यो फोनमा फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ ।

शाओमीले अन्य फोनको तुलनामा रेडमी नोट–७ को डिजाइनलाई पनि विशेष रुपमा तयार पारेको छ । शाओमीले यस फोनका लागि प्रिमियम ग्लास स्यान्डबिच डिजाइन प्रयोगमा ल्याएको छ । फोनको अगाडि र पछाडि दुवैतर्फ गोरिल्ला ग्लास ५ को प्रोटेक्शन छ ।

डिस्प्लेको कुरा गर्दा यसमा ६.३ फूल एचडीका साथ डट नच उपलब्ध छ ।

शाओमीले यो फोनमा क्वालकम स्न्यापड्रागन ६६० एआइई प्रोसेसर उपलब्ध गराएको छ ।

र्‍याम र इन्टरनल स्टोरेजका आधारमा शाओमीले यो फोनलाई नेपालमा ३ अलग भेरियन्टमा उपलब्ध गराएको छ ।

४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज क्षमता भएको फोनको मूल्य नेपाली बजारका लागि २६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज क्षमता भएको फोनको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज क्षमता भएको फोनको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  २ : ४२ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक