आगलागीबाट जलेर नौ घर खरानी | Khabarhub Khabarhub

आगलागीबाट जलेर नौ घर खरानी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जमा आगलागी हुँदा नौ घर जलेका छन् । शुक्रबार विद्युत् सर्ट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा नौ परिवारको फुसको घर जलेर खरानी भएको कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले जानकारी दिए ।

आगलागी परेर स्थानीय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिरोज मियाँ, मलिम मियाँ, कलाम मियाँ, कैयुम मियाँ र ऐजुव मियाँलगायतका घर पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए ।

आगलागीमा परेर घरभित्र रहेको अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचरका सामग्री जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी, इनरुवा, दुहवी र इटहरीबाट गएको बारुणयन्त्रले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : २९ बजे

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ– चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म