आगलागीबाट जलेर नौ घर खरानी « Khabarhub

आगलागीबाट जलेर नौ घर खरानी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जमा आगलागी हुँदा नौ घर जलेका छन् । शुक्रबार विद्युत् सर्ट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा नौ परिवारको फुसको घर जलेर खरानी भएको कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले जानकारी दिए ।

आगलागी परेर स्थानीय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिरोज मियाँ, मलिम मियाँ, कलाम मियाँ, कैयुम मियाँ र ऐजुव मियाँलगायतका घर पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए ।

आगलागीमा परेर घरभित्र रहेको अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचरका सामग्री जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी, इनरुवा, दुहवी र इटहरीबाट गएको बारुणयन्त्रले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन