राष्ट्रपतिद्वारा क्रिकेट टिमलाई बधाई | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा क्रिकेट टिमलाई बधाई


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी—२० श्रृङ्खला २—१ ले जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले बधाई दिएकी छन् ।

सोमबार राष्ट्रिपति भण्डारीले नेपाली टोलीले ऐतिहासिक सफलता हात पारेको उल्लेख गर्दै बधाई दिएकी हुन् । “नेपालले यूएईमा भएको तेस्रो ट्वान्टी—२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु,” राष्ट्रपति भण्डारीको ट्वीटर ह्यान्डलमा भनिएको छ, “हाम्रो देशमा लोकपृय बनेको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्वद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको छु ।”

यूएईमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी—२० अन्तर्राष्ट्रियमा २—१ को जित निकालेको नेपाली टोली सोमबार स्वदेश फर्किइसकेको छ । ऐतिहासिक सफलता हासिल गर्दै स्वदेश फर्किएको राष्ट्रिय टोलीको त्रिभुवन बिमानस्थलमा रातो कार्पेटसहित भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : १६ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले