विश्वविद्यालय परिसरमा पेट्रोलियम गाडी प्रतिबन्ध ! « Khabarhub

विश्वविद्यालय परिसरमा पेट्रोलियम गाडी प्रतिबन्ध !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुजरात, भारत- प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ ।

शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य र क्याम्पसको वातावरणलाई कार्बनका कारण थप बिग्रन नदिनका लागि यस्तो व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसमा यातायातका लागि साईकलको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।

क्याम्पसमा प्रयोगका लागि विश्वविद्यालयले अहिले पहिलो चरणमा एक सय साईकल पनि ल्याएको छ ।

साईकल प्रयोग गर्न चाहनेलाई दैनिक, साप्ताहिक वा मासिक रुपमा न्युन भाडा शुल्क बुझाएर प्रयोग गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

हरित तथा स्वच्छ वातावरण बनाउने उद्देश्य पुरा गर्न क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाइएको क्याम्पसका उच्च अधिकारीहरुले बताएका छन् ।

हाम्रो विश्वविद्यालय झण्डै १२० एकडमा फैलिएको छ, विद्यार्थी र शिक्षकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्छ, त्यसैले हामीले साइकलको व्यवस्था गर्न लागेका हौँ, क्याम्पसका अध्यक्ष देभेशुं पटेलले भन्नुभयो ।-एएनआई

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : १८ बजे

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी

काठमाडौं- नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा

मध्यपूर्वमा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै

न्यूयोर्क– अमेरिकाले मध्यपूर्व क्षेत्रमा हजारौँ थप सैनिक पठाउन थालेको छ

वीरगन्ज हुँदै भित्रियो २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा

वीरगन्ज– वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब

जुम्लामा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति : सहयोग कतैबाट उपलब्ध भएन

जुम्ला– हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन

इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ

काठमाडौं- इरानले अमेरिका र इजरायलसँग लामो समयसम्म युद्ध गर्न तयार