जुम्लामा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति : सहयोग कतैबाट उपलब्ध भएन « Khabarhub

जुम्लामा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति : सहयोग कतैबाट उपलब्ध भएन


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जुम्ला– हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति गरेको छ । मंगलबार खसेको पहिरोले उक्त वडाका स्थानीयवासी ललिजङ्ग अधिकारी र बुच्चो अधिकारीको घर पूर्ण रूपमा नष्ट भएको छ ।

त्यसैगरी, स्थानीय नरजङ्ग अधिकारीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको हिमा–६ वडाध्यक्ष उपराज अधिकारीले जानकारी दिए । 

पहिराले घरमा क्षति गरेका विस्थापित पीडितका घरपरिवार अहिले गाउँका स्थानीयवासीको घरमा बसेका छन् । वडाले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय  सरकारदेखि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरे पनि सहयोग अहिलेसम्म नमिलेको वडाध्यक्ष अधिकारीको भनाइ छ ।
  
यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छवटा घर पहिरोले बगाएको थियो । तर त्यसबेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको वडाध्यक्षको गुनासो छ  ।
 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : ४३ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत