वेष्टह्यामसँग बराबरी खेलेको लिभरपुललाई घाटा « Khabarhub

वेष्टह्यामसँग बराबरी खेलेको लिभरपुललाई घाटा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्गलिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले वेष्टह्यामसँग अंक बाँड्नुपरेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दुरी बढाउने लक्ष्यमा रहेको लिभरपुललाई वेष्टह्यामले सोमबार राति घरेलु मैदानमा रक्षात्मक खेल खेल्दै अंक बाँडेपछि म्यानचेस्टर सिटीसँगको दुरी घटेको छ ।

लिभरपुलले ६२ अंक जोड्दै दोस्रो स्थानको सिटीमाथि ३ अंकको अग्रता बनाएको छ । क्षात्मक खेलेको वेष्टहामले लिभरपुलसँग १—१ गोलको बराबरी खेलेको थियो ।

डिसेम्बर २९ सम्म दोस्रो स्थानको सिटीसँग ९ अंकको दुरी बनाएको लिभरपुलले पछिल्ला दुई खेलमा अंक बाँड्दा सिटीसँगको दुरी घटेको हो ।

आइतबार आर्सनललाई पराजित गरेको सिटी ५ औं पटक उपाधि होडमा रहँदा बुधबार एभरटनसँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो स्थानमा रहेको टोटनह्याम पनि उपाधि होडमा रहेको छ । म्यानचेस्टर सिटस्को ५९ अंक हुँदा तेस्रो स्थानको टोटनह्यामको ५७ अंक रहेको छ, जुन शीर्ष स्थानको लिभरपुलभन्दा ५ अंकले पछि छ ।

“गएको राति हामी अंक बढाउने उद्देश्यसहित मैदान प्रवेश गरेका थियौं । यो सत्य कुरा हो, यसमा क्षमाको कुरै छैन । हाम्रो तयारी राम्रो थियो तर, हामीले अंक जोडेका छौं,” लिभरपुलका मुख्य प्रशिक्षक योर्गन क्लोपले खेलपछिको प्रतिक्रियामा भने ।

खेलमा लिभरपुलका सदियो मानेले २२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने त्यसको ६ मिनेटपछि वेष्टह्यामका सदियो मानेले उत्कृष्ट गोल गर्दै लिभरपुलविरुद्ध १—१ को बराबरी पुर्याएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ५७ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन